२०७६ मंसिर ९ गते १८:१६ विकासन्युज
काठमाडौं । पछिल्लो समय सामाजिक सुरक्षा काेषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । सरकारले काेषकाे सुविधा थप गरेसँगै आवद्ध हुनेको संख्या बढ्दै गएको हाे । हाल ११ हजार प्रतिष्ठानहरु कोषमा जोडिएका छन् । कोषका निर्देशक कपिलमणि ज्ञवालीले निजी कलेज, बैंक ठूला उद्योग तथा संघसंस्थाहरु कोषमा आवद्ध भएका छन् ।
साेमबार सामाजिक सुरक्षा कोषले आयोजना गरेकाे ‘कोषकाे योजना कार्यान्वयन विषयक’भएको अन्तक्र्रिया कार्यक्रममा ज्ञवालीले अझै पनि कोषले दिने सेवाको विषयमा अधिकांश श्रमिक तथा रोजगारदार्ताले जानकारी प्राप्त नगरेको बताए । काेषमा सूचीकृत हुने मिति थप गरेसँगै हाल तीन हजार राेजगारदार्ता काेषमा जाेडिएका छन् । ३५ हजार सहकारी संस्था रहेकोमा हाल पाँच सय सहकारी संस्थामा कोषमा आवद्ध छन् ।
‘असल श्रम सम्बन्धि आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने नाराका साथ वि सं. २०६७ चैत्र सात गते स्थापना भएको सामाजिक सुरक्षा कोष २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रुपमा शुरुवात भएको थियो । हाल देशभरि ५० भन्दा बढी कोषको स्थापना भएसँगै सामाजिक सुरक्षा कोषले ल्याएको नयाँ कर्जा योजना पछि भने राेजगारदार्ता र श्रमिकको आकर्षण बढेको निर्देशक ज्ञवालीले बताए ।
यस काेषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना ,आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना रहेका छन् । योगदानकर्ता तथा कर्मचारी धितो कर्जा, जसमा शैक्षिक कर्जा ३५ लाख रुपैयाँको, घर कर्जा ७५ लाख रुपैयाँको र सामाजिक कार्यका लागि कर्जा भन्दै पाँच हजार रुपैयाँको रहेको छ । त्यसैगरी परियोजना कर्जा सम्बन्धी जमानत, संस्थागत, सह वित्तीयकरण कर्जा रहेका छन् ।
मृत्यु भएका श्रमिकको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निम्न जिवित रहेसम्म सुविधा पाउने भएका व्यवस्था रहेको छ । कोषमा दर्ता भएका श्रमिकले चिकित्सकको परामर्श सेवा, अस्पताल अस्पताल भर्ना वापतको शुल्क,परीक्षण सेवा, तथा महिला श्रमिकका लागि सुत्केरी विदा वातप ९८ विदा बस्न पाइने व्यवस्था भएका छ ।
सम्बन्धि समाचारहरू ः
Copyright © 2024 Bikash Media Pvt. Ltd.