२०७६ मंसिर १० गते १४:४५ विकासन्युज
काठमाडाैं । राष्ट्रिय बीमा संस्थानले ५० जना अभिकर्तालाई तालिम दिएको छ । संस्थानले मंसिर ७ गतेदेखि ९ गतेसम्म अभिकर्ताहरुलाई तालिम दिएको हो । बजारमा संस्थानको उपस्थिती मजदुत पार्नका लागि अभिकर्ताहरुलाई तालिम दिएको बताएको छ ।
तालिममा बीमा महत्व, बीमा सम्बन्धी ऐन, नियमावली तथा विनियमहरु, अभिकर्ताहरुको सेवा तथा सुविधाहरु, बीमा बजारीकरण तथा बिक्रयकलाछको बारेमा जानकारी गराइएको संस्थानका नायव(महाप्रबन्धक महेश रिमालले बताए । विगत लामो समयदेखि निरन्तर आफ्ना अभिकर्ताहरु मार्फत बीमासेवा प्रदान गर्दै आएको संस्थानले आक्रामक रुपमा अभिकर्ता संख्यमा बृद्धि गर्ने योजनामा छ ।
यससँगै देशभर अभिकर्ताहरुको संख्यामा बृद्धि गर्ने कार्यमा अघि बडेको संस्थानले पश्चिमको सुर्खेत, धनगढि र नेपालगंजमा बीमा बजार विस्तार गर्नको लागि यो तालिम संचालन गरिरहेको छ।
हाल संस्थानले सावधिक जीवन बीमा, बालबच्चाको शिक्षा तथा विवाह जीवन बीमालेख, बालउमङ्ग जीवन बीमा, जीवन साथी जीवन बीमा , जीवन सुरक्षा जीवन बीमा जस्ता बिभिन्न बीमालेखहरु बीक्रि गरिरहेको छ। जन्मेदेखि टछ बर्षसम्म जुनसुकै उमेर समुहको जीवन बीमा संस्थानमा गर्न सकिने कुरा संस्थानले दावि गरेको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.