२०७६ मंसिर १० गते १९:४८ विकासन्युज
काठमाडाैं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ । साे अवसरमा बैंकले विभिन्न सामाजिक उत्तर्दायित्वका कार्यक्रमका साथै नयाँ शाखा सञ्चालन गरेकाे छ ।
सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः
-बैंकले आफ्नो सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखामा आज तथा वार्षिकोत्सवको दिनदेखि एक महिना भित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।
– बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान।
-व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान । त्यसैगरी लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान।
– श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा १ थान प्रिन्टर प्रदान ।
– चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको चेक प्रदान गरेको छ ।
– असहाय सेवा केन्द्र नेपाललाई बैंकले दृष्टीविहिनहरुको लागि १०० थानविशेस छडी प्रदान ।
– श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान ।
– पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई वर्षभरीको लागि खाद्यान्न प्रदान ।
-नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान ।
तीनवटा शाखा संचालनमा
बैंकले वाषिककोत्सवको अवसरमा विभिन्न तीन स्थानमा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले निजगढ, चन्द्रनिगाहपुर र दमौलीमा गरी तीन नयाँ शाखा संचालनमा ल्याएको हो ।
निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुखअतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरेका हुन् । चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरेका छन् ।
त्यस्तै, दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले गरेका हुन् । यी तीन नयाँ शाखा सहित बैंकको शाखा संख्या १०१ पुगेको छ भने एटीएम संख्या ७६ पुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.