न्युहोल्याण्ड कन्स्ट्रक्शनकाे एक्स्चेन्ज स्कीमः मेसिन किन्न ज्याेति विकास बैंकबाट ८०% सम्म ऋण पाइने

  २०७६ मंसिर १५ गते १७:२३     विकासन्युज

काठमाडौं । राशी अटोमोबाइल्स प्रा.लि.ले न्युहोल्याण्ड एक्स्चेन्ज स्कीम सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत एक्स्चेन्ज गरी नयाँ न्युहोल्याण्ड ब्याकुलोडलर लिने ग्राहकले नयाँ मेसिनमा २ वर्ष सम्मको वारेन्टी पाउने कम्पनीले जनाएकाे छ ।  साथै, नयाँ मेसिन खरिद गर्ने ग्राहकलाई ज्योति विकास बैंकबाट ८० प्रतिशत सम्मको ऋण लिन सक्ने गरि बैंकसँग सम्झौता भएको राशी अटोमोबाइल्सका महाप्रबन्धक रामबाबु तिवारीले जानकारी दिए ।

उक्त स्कीम अन्तर्गत पुराना ब्याकुलोडरहरु ग्राहकहरुले साट्न सक्ने छन् । स्कीमबारे जानकारी दिदै राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक कपिल शिवाकोटीले यो एक्स्चेन्ज स्कीम अन्तर्गत पुरानो ब्याकुलोडर सञ्चालन गरिरहेका ग्राहकहरुले आफ्नो पुरानो ब्याकुलोडर राशी अटोमोबाइल्सको सातदोबाटो स्थित शो-रुममा दिएर नयाँ न्युहोल्याण्डको ब्याकुलोडर लिएर जान सक्ने बताए ।

यसरी एक्स्चेन्ज गर्दा पुरानो ब्याकुलोडर चालु अवस्थाको हुनुपर्ने तथा ग्राहकले पुरानो ब्याकुलोडरको सरकारले तिर्नु बुझाउनु पर्ने सबै करहरु तिरेको हुनु पर्नेछ ।

पुराना ब्याकुलोडरहरुलाई “ जति मोडेल-त्यती दाम ” अनुसार भ्याल्युएसन गरिने पनि कम्पनीले जनाएको छ । अर्थात, सन् २०१२ मा बनेको मेसिनलाई १२ लाख, सन् २०१३ मा बनेको मेसिनलाई १३ लाख, चौध मोडेलको लाई चौधलाख, पन्ध्र मोडेकोलाई पन्ध्र लाख हुने गरि मुल्याङन गरिने बिएस मोर्टसका निर्देशक अंकित भुषालले जानकारी दिएका छन् । ।

पुरानो ब्याकुलोडर साटेर नयाँ न्युहोल्याण्ड ब्याकुलोडर मेसिन लिएर जाने ग्राहकहरुलाई ग्राहकहरुकै घर दैलो सम्म निःशुल्क डेलिभरीको ब्यवस्था गरिएको र पुरानो ब्याकुलोडर पनि कम्पनीले कुनै शुल्क नलिई मेसिन रहेको स्थानबाट उठाएर लिएर जाने ब्यवस्था गरिएको जानकारी राशी अटोमोबाइल्सका योगेश काफ्लेले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.