राजस्व संकलनमा कमी आएपछि सरकारले गर्यो ‘हाइब्रिड’ गाडीको भन्सार र अन्तः शुल्क खारेज

  २०७६ मंसिर १९ गते ९:४३     विकासन्युज

काठमाडौं । सरकारले हाइब्रिड गाडीमा दिएको भन्सार र अन्तः शुल्क छुट सुविधा खारेज गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले यहि मंसिर १६ गते राजपत्रमा सूचना प्रकाशित गरेर उक्त कर खारेज गरेको हो । सरकारले चालु आवको आर्थिक ऐनमार्फत भन्सार र अन्तः शुल्कमा ५०/५० प्रतिशत छुट दिने कानुनी व्यवस्था गरेको थियो ।

सरकारले यसरी आयात हुने गाडीमा छुट दिएपछि यसको प्रत्यक्ष असर भन्सार महशुलमा परेको र यसले लक्षित राजस्व संकलनमा समेत कमी आएपछि छुटको व्यवस्था खारेज गरेको हो ।

यसका साथै अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ र विद्युतीय ऊर्जाबाट चल्ने ‘हाइब्रिड’ गाडीमा कर छुट दिँदा दुरुपयोग बढेकोे ठहर सहित छुटको व्यवस्था खारेज गरेको हो ।

सरकारले चालु आवको बजेट मार्फत हाइब्रिड गाडीमा उच्च दरमा कर छुट दिएको हो । व्यवसायीले भन्सार र अन्तःशुल्कमा गरिएको छुटका आधारमा हाइब्रिड गाडीको मूल्य प्रतिकार १० लाखसम्म सस्तो हुने बताएका थिए । सरकारले विद्युतीय तथा हाइब्रिड कार खरिद गर्न ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था पनि गरेको छ । यसलाई भने यथावत राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.