२०७६ मंसिर १९ गते १८:५८ विकासन्युज
चाइनिज मोटरसाइकल उत्पादक कम्पनी ‘सिएफ मोटो’ को नेपालका लागि आधिकारिक विक्रेता अन्ना इन्टरनेश्नल प्रा.लि.ले ‘२५० एनके’ मोडेललाई लगभग दुई वर्ष अघि नेपाली बजारमा भित्र्याएको थियो ।यो मोटरसाइकल यती छोटो अवधिमै नेपालका सडकमा धेरै संख्यामा गुडिरहेको देख्दा नेपालमा यसले राम्रै पकड जमाउन सफल भएको सहजै अनुमान लगाउन सकिन्छ ।
२५० एनकेलाई हरेक एङ्गल बाट हेर्दा उत्तिकै आकर्षक देखिन्छ । यसमा रहेको स्लिम र ब्याकवार्ड टिल्टेड हेडलाइटले यस बाइकको शोभालाई थप बढाएको छ । एउटा पर्फेक्ट स्ट्रीट फाइटरको लुक्स पाएको एनके २५० हेर्दा एकदमै एग्रेशिभ पनि देखिन्छ ।
६–स्पिड गियरबक्स दिइएको २५० एनकेमा २४९.२ सीसी सिङ्गल लिक्विड कुल्ड इञ्जिन समावेस गरिएको छ । यस फ्युल इन्जेक्टेड इञ्जिनले ९००० आरपीएममा २७ बीएचपीको पावर र ७५०० आरपीएममा २२ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको यस बाइकमा ‘स्पोर्ट्स्’र ‘रेन’ गरी दुईओटा राइडिङ्ग मोडहरु दिइएका छन् ।
दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा डुअल च्यानल एबीएस पनि समावेस गरिएको छ जसले अकस्मात् ब्रेक लगाउँदा बाइक चिप्लिने समस्यालाई समाधान गर्दै बाइकलाई थप सुरक्षित समेत बनाएको छ । कम्पनीले नेपाली बजारमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ ।
स्पोर्टी र एग्रेशिभ लुक्सका कारण युवापुस्ताको मन जित्न सफल भएको यस बाइकले नेपाली बजारमा २०० ड्युक र २५० ड्युकसँग ठाडो प्रतिष्पर्धा गरिरहेको छ । यसको आकर्षक लुक्स, ब्रेकिङ्ग सेफ्टी,एफआई इञ्जिन र टीएफटी कन्सोलजस्ता आधुनिक फिचरहरु, र साथै उचित मूल्यको कारण पनि यस बाइकले नेपाली बजारमा राम्रो पकड जमाउन सफल भएको हो भन्दा फरक नपर्ला ।
कम्पनीले जनाए अनुसार अहिले यस बाइकको खरिद गर्दा अफरको रुपमा स्क्र्याच कुपन मार्फत् पाँच हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.