२०७६ मंसिर २५ गते ९:१५ विकासन्युज
काठमाडौं । जापनिज अटोमोवाइल म्यानुफेक्चर कम्पनी टोयोटाको लङ्गेस्ट रनिङ्ग मोडेलको रुपमा रहेको छ ‘ल्याण्ड क्रुजर’ । सन् १९५१ बाट उत्पादन सुरु भएको सो मोडेलको आजका वर्षसम्म आइपुग्दा कुल एक करोड युनिट बिक्री भइसकेको छ ।
फोर–व्हिल ड्राइभमा आधारित ल्याण्ड क्रुजरको नेपालमा भने ‘भिएक्सआर’ भेरियन्ट उपलब्ध रहेको छ । टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले यस फुल–साइज एसयुभिको मूल्य चार करोड ५२ लाख रुपैयाँ तोकेको छ ।
यस एसयुभिका फिचरहरुको रुपमा ४.२ इञ्च टीएफटी सहितको थ्रीडी फेस डायल्स, लेदर र्याप्ड स्टेयरिङ्ग, वायरलेस फोन चार्जर, ४ जोन एयर कण्डिसनिङ्ग, फ्रन्ट र रियर एलईडी फग ल्याम्प, स्टेयरिङ्ग एडजस्टमेन्ट, स्टेयरिङ्ग माउण्टेड अडियो, प्याडल सिफ्ट, अटोमेटिक हेडलाइट, कर्नरिङ्ग लाइट्स, रेन सेन्सिङ्ग वाइपर्स जस्ता विशेषताहरु रहेका छन् ।
त्यसैगरी, ल्याण्ड क्रुजरको सेफ्टी फिचरको रुपमा १० ओटा एसआरएस एयरब्यागहरु, ईबीडी सहितको मल्टि टेरेन एबीएस, हिल स्टार्ट, डाउनहिल एसिस्ट कन्ट्रोल, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टी लक, क्रुज कन्ट्रोल, रियर पार्किङ्ग सेन्सर, रियर क्यामेरा लगायत समावेस छन् ।
यस एसयुभीमा ४४६१ सीसी ८ सिलिण्डर डिजेल इञ्जिन समावेस छ जसले २६१ बीएचपीको पावर र ६५० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यसमा ६–स्पिड अटोमेटिक गियरबक्स दिइएको छ भने यसले ११ केएमपीएलको माइलेज प्रदान गर्दछ । ल्याण्ड क्रुजरले ० देखि १०० को स्पिड ९.२ सेकेन्डमै तय गर्न सक्छ भने यसले २०० केएमपीएचको टप स्पिड पनि दिन्छ भनेर कम्पनीले दावी गरेको छ ।
७ सिटर यस एसयुभिको लम्वाई ४९५० मिलिमिटर, चौडाई १९८० मिलिमिटर र उचाई १९१० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ । त्यसैगरी २५८ लिटरको बुट स्पेस रहेको यस एसयुभिको फ्युल ट्याङ्क क्यापासिटी ९३ लिटरको रहेको छ । ल्याण्ड क्रुजरको चारओटै चक्काहरुमा भेन्टिलेटेड डिस्क ब्रेक दिइएको छ ।
युनाइटेड ट्रेडिङ्ग सिण्डिकेटले जनाए अनुसार हाल यस कारको खरिदमा पाँच लाख रुपैयाँ नगद छुटको व्यवस्था गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.