२०७६ मंसिर २८ गते १७:२४ विकासन्युज
काठमाडौं । नेपालमा वियर ब्रान्डहरुको उत्पादक यती ब्रुअरीले नयाँ उत्पादन ‘अर्ना एट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहक माझ अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट’नेपाली वियर मध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’ भएको ‘स्ट्रङ’ वियर हो ।
‘स्ट्रङ’ वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङगेस्ट वियर’– ‘अर्ना एट’ स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको छ । ‘अर्ना एट’ वियर ३३०मि.लि र ६५०मि.लि दुवै बोतलहरुमा उपलब्ध छ । ग्राहकहरुको सहजतालाई मध्यनजर गरी यीदुवै बोतलहरुमा ‘पूल अफ क्याप’ राखिएको छ जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन ।
बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३३०मि.लिको ‘अर्ना एट’ विशेषगरी युवा पिंढीमाझ चाँडै लोकप्रिय हुने अपेक्षा कम्पनीले लिएको जानकारी दिएको छ । चित्तवनको चैनपुरस्थित अन्तर्राष्ट्रिय स्तरको वियर प्लान्टबाट उत्पादित ‘अर्ना एट’ ३३०मि.लिको बजार मूल्य १४० र ६५० मि.लिको मूल्य २७५ मात्र रहेको छ । ३३०मि.लिको ‘अर्ना एट’ एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५०मि.लिको एक कार्टुनमा १२ बोतल हुन्छ ।
स्वाद, गुणस्तर, प्याकेजिङ र मूल्यलगायत सबै दृष्टिकोणबाट ‘अर्ना एट’ उच्च स्तरीय छ । वियर पारखीको फरक–फरक रोजाइ एवं स्वाद अनुरुप अर्ना ब्रान्ड अन्तर्गत ‘अर्ना एट’ सँगसँगै ‘अर्ना लाइट’, ‘अर्ना प्रिमियम’र ‘अर्ना स्ट्रङ’ पनि बजारमा उपलब्ध छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.