२०७६ पुष १ गते १०:१५ विकासन्युज
वृज सिमेन्ट प्रालिले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आबद्ध गरेर उनीहरुको निःशुल्क रुपमा रु. पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ ।
उक्त कार्यक्रमलाई सफल बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब” मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पासबुक वितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरु खरिद गरी योजनामा सहभागी हुन सक्नेछन् ।
कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो ।
अहिले सम्म कम्पनीले २५ सय बढी निर्माणक्रमी साथीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमी साथीहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट उनीहरुको सुरक्षित महशुश गराउने कम्पनीको उदेश्य रहेको छ ।
आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथ गुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट ‘एक्सपर्ट च्वाइस’ सहित बजार प्रर्वधन शुरु गरिएको हो।
‘एक्सपर्ट च्वाइस’ बजार प्रर्वधनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने चर्चित एवं मिस नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ वृज सिमेन्टको एशोसिएट व्राण्ड एम्वेसेडर हुन्। उनले भर्खरै सम्पन्न मिस बर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड र ‘ब्युटी विथ पर्पोज’ अवाडर्स जितेकी छन्।
कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पोर्टल्याण्ड पोज्जोलना सिमेन्ट (पीपीसी) अन्तर्गत वृज सिमेन्ट र पोर्टल्याण्ड स्लयाग सिमेन्ट (पीएससी) अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.