के.एल. दुगडको उत्पादन ज्ञान भुजा नेपाली बजारमा

  २०७६ पुष ३ गते १८:५७     विकासन्युज

काठमाडौं । के. एल. दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा ल्याएको छ । के.एल. दुगड समूहअन्तर्गतको विकास फ्लोर मिल प्रा.लि.बाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ ।

ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजा उपभोक्तामाझ छोटो समयमै खाजाको रुपमा पहिलो रोजाईमा पर्नेमा कम्पनी विश्वस्त रहेको छ । उत्कृष्ट खाद्य पदार्थ उत्पादन गरेवापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा स्वच्छ र गुणस्तरीय खाद्यपदार्थहरु उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरु मध्ये विकास फ्लोर मिलप्रा.लि.लाई उत्कृष्ट उद्योगको रुपमा सम्मानित गरिसकेको छ ।

ज्ञान भूजा नेपाल अधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीय किराना पसलहरुमा समेत सहजै उपलब्ध रहेको छ । विकास फ्लोर मिल प्रा.लि.ले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपाल तथा विदेशमा समेत उपलब्ध गराइ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.