विदेशमा पढेर नेपालमा फर्कने वातावरण बनाउनुपर्छ: विक्रम केसी

  २०७६ पुष ४ गते १०:३७     विकासन्युज

विक्रम केसी, निर्देशक (स्कोप स्टुडेन्ट सर्भिस)

सन् २००६मा स्थापित स्कोप स्टुडेण्ट सर्भिस नेपाली विद्यार्थीको विश्वासको कन्सल्टेन्सीमा पर्दै आएको छ । स्कोपले बेलायत, अष्ट्रेलिया र अमेरिका जाने विद्यार्थीहरुलाई परामर्श सेवा दिँदै आएको छ । प्रस्तुत छ लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा रहेका स्कोप स्टुडेन्ट सर्भिसका निर्देशक विक्रम केसीसँग विकासन्युजका  लागि डाेमी शेर्पाले  गरेकाे कुराकानी ।

१७ लाख रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थी अष्ट्रेलिया जानुको कारण के हो ?

अहिलेको युग प्रतिस्पर्धाको हो । मोबाइलले संसार नै हात–हातमा अट्ने बनाएको छ । सोही कारण विश्वको शिक्षा–प्रणाली विद्यार्थीहरुले सहजै जान्न सक्छन् । तर आफ्नो राष्ट्रमा अन्तराष्ट्रिय स्तरको शिक्षा नपाइने कारण विद्यार्थीहरु देश बाहिर जान इच्छुक हुन्छन् । यो नेपालमा मात्र होइन अन्य देशमा समेत हुने सामान्य प्रक्रिया हो ।

अमेरिकी विद्यार्थीपनि अन्य देश जान रुचाउँछन् । मानिस भनेको राम्रो नतिजामूखी हुन्छन् । गाउँमा मिठो बाली खान गाई दौडिएको जस्तो मानिसहरु पनि सहज जीवन जिउँन चाहान्छ । समय सुहाउदो शिक्षाकालागि नेपाली विद्यार्थी बाहिरीने गर्छन् ।

कम्तीमा १२ कक्षा पास भएका र १८ वर्ष उमेर नाघेका विद्यार्थी बाहिर जान्छन् । आफ्नो भविष्य तथा शिक्षाका लागि उनीहरुले बाहिर जानुपर्छ । नेपालमा सीमित रहेका शिक्षापनि बाहिर गएर विद्यार्थीले पढ्न चाहेको हुन्छ ।

ब्याच्लर्समा बिबिए, बिबिएस, बिबिएम लगायतका विषय मात्र पढन पाइन्छ । होटल म्यानेजमेन्टपनि छ तर समय सापेक्ष छैन ।

अष्ट्रेलिया नै किन रोजाइमा पर्यो ?

पहिले सन् २००६ देखि २००९ सम्म धेरै विद्यार्थी युके (बेलायत) गए । अहिले अष्ट्रेलिया गइरहेका छन् । पहिलेपनि यस्ता प्रश्नहरु उठ्ने गर्थे । यसको कारण भनेको विद्यार्थीहरुले आफ्नो शिक्षा, सुविधा, पार्ट टाइम जब गर्ने अवस्था आदि हेर्नाले हो ।

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीकोलागि दिने सुविधा राम्रो छ । त्यहाँको इएसएस एक्ट, एजेन्ट एक्टले विद्यार्थीलाई सहज बनाउँछ । यस्तै, आफ्नो नाता–गोता भएको ठाउँमा जान सहज हुन्छ । नेपाली विद्यार्थीले पहिलेदेखि अष्ट्रेलियामा राम्रो गर्दै आएकाले अहिले पनि विद्यार्थी त्यतै आकर्षित हुनु स्वभाविक हो ।

अष्ट्रेलियामा जाँदा शुल्क समेत सस्तो पर्ने, सुरक्षा स्थिति राम्रो भएकोले अष्ट्रेलियामा विद्यार्थीको आकर्षण रहँदै आएको छ । नेपालीलाई सुहाउँदो मौसम, वातावरणलेपनि अष्ट्रेलिया आकर्षणको केन्द्र बन्दै आएको हो । साथै, अष्ट्रेलियामा गन राइट नहुनुपनि विद्यार्थीहरुको सुरक्षाको दृष्टिकोणले राम्रो मान्न सकिन्छ ।

कुन उमेरका विद्यार्थी बढि बाहिर जान रुचाउँछन् ?

विद्यार्थीको आर्थिक अवस्था अनुसार बाहिर जाने कुरा निर्धारित हुन्छ । यसमा अभिभावकले कसैलाई प्लस टु त कसैलाई ब्याच्लर्सकोलागि बाहिर पठाउने गरेको हामीले पाउने गरेका छौँ ।
बाहिरको सिप सिक्दा विद्यार्थी दक्ष बन्न अवसर पाउँछन् । ३ वर्षको ब्याच्लर्समा गएको विद्यार्थी समेत २२ वर्षमा जादाँ नेपाल आउने बेलामा २५ वर्षमै केही जान्ने अवसर पाउँछन् ।

तपाईहरुले विद्यार्थीलाई कुन–कुन अवस्थामा सहयोग गर्दै आउनुभएको छ ?

हामीले विद्यार्थीलाई स्वदेशमा रहँदा र बाहिर जाँदाको अवस्थामा सहयोग गर्दै आएका छौँ । विद्यार्थीको छनौट अनुसारको कलेजमा पठाउँने देखि उनीहरुले पाउँने सुविधाहरुसम्ममा हामीले विद्यार्थीको पक्षमा वकालत गर्ने गर्छौ ।

नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा कति खर्चको आवश्यक छ ?

सरकारले एक जना नेपाली विद्यार्थी अष्ट्रेलियाजाँदा लाग्ने योजनाको केही मापदण्ड ल्याएको छ । नेपाली विद्यार्थीहरुले मेलबर्नमा एक महिनामा साथीसगँ एउटा रुममा मिलेर बस्दा ३ सय ४ सय डलर तिर्ने गरेका छन् र एक्लै एउटा रुम लिदा ८ सय डलरसम्म तिर्छन् ।

४१ वटा विश्वविद्यालयहरु अष्ट्रेलियामा रहेका छन् । सो मध्ये ३८ वटा विश्व विद्यालय सरकारी रहेका छन् । अधिकांश विद्यार्थी सरकारीमा आकर्षित छन् । स्टेटको सरकारले चलाउने विश्वविद्यालयपनि छन् त्यसलाई टेफ भनिन्छ ।

पेमेन्ट गर्न विश्वविद्यालयको सुविधा अनुसार हुने गर्छ । कतिपयमा मासिक रुपमा तथा कतिपयमा ३ महिनामा तिर्ने मापदण्ड राखेको हामीले पाउन सक्छौँ । समान्यतया नेपाली विद्यार्थील प्रत्येक वर्ष २० हजार डलर शिक्षण शुल्क तिर्छन् । यो ठाउँ अनुसार फरक हुने गर्छ ।

बाहिर गएर नेपाली विद्यार्थीले किन कलेज परिवर्तन गर्छन् ?

तपाईले राम्रो प्रश्न उठाउनु भयो । सो विषयमा अरुले समेत कुरा उठाउँदै आएका छन् । लोकल एजेन्टको कुरा सुनेर विद्यार्थीले कलेज परिवर्तन गर्छन् । साथै, आफूले नेपालमा सोचेर गएको शुल्क तिर्न नसकेको अवस्थामा सस्तो विषय छानेर कलेज परिर्वतन गरेको पाइन्छ ।
यस्तै, कतिपयले पहिले पढ्नै पर्छ भनेर जाँदा पिआरको सम्भावना बढ्दै जाँदा अर्कै कलेज छनोट गर्छन् ।

विषय परिवर्तन गर्दा के कस्तो असर पर्छ त ?

साइन्स पढ्न गएको विद्यार्थीले अर्को विषय पढ्यो भने त त्यसको असर त पर्ने नै भयो । यसमा पैसा खेर जाँदा नराम्रो हुन्छ तर इच्छा अनुसार उसले काम गर्न पाउँदा त्यसलाईपनि राम्रो मान्न सकिन्छ । काठमाडौ भित्र र बाहिर रहँदा हाम्रै इच्छा परिवर्तन हुन सक्छ । यसलाई वातावरणले पार्ने प्रभावको रुपमा लिन सकिन्छ ।

बाहिर जान भन्दा अगाडि विद्यार्थीले के–कस्ता कुरामा सचेत हुनुपर्छ ?

विद्यार्थीले आफूले पढ्न लागेको विषय र आफ्नो इच्छा जान्न आवश्यक हुन्छ । करको विषमा विद्यार्थीलाई राहत हुने किसिम कुरा सम्बन्धित ठाउँमा पुर्याउन आवश्यक छ । विद्यार्थीले तिर्ने २ प्रतिशत करको सुविधा उनीहरुले कति पाएका छन् भन्ने कुरा महत्वपूर्ण छ ।

देशमा गणतन्त्र आइसकेको अवस्थामा सोही अनुसारको काम गर्न आवश्यक रहेको पाइन्छ । दर्ता नभएका निकायका सन्दर्भमा सरकार समेत सचेत रहन आवश्यक रहेको छ । कतिपय अवस्थामा हामीले कुरा उठाउदापनि दर्ता नभएका निकायलाई सरकारले कारबाही गर्न नमिल्ने जानकारी दिएका छन् ।

स्कोप स्टुडेण्ट सर्भिसेसलाई विद्यार्थीले किन रोज्ने ?

हामी २००६ मा स्कोप स्टुडेण्ट सर्भिस हामीले ल्याएका थियौ। अहिले नेपाली विद्यार्थीको विश्वासको कन्सल्टेन्सीमा हामी पर्दै आएका छौँ । यु.के. अस्ट्रेलिया, अमेरिकामा जानेलाई हामीले सेवा दिँदै आएका छाैँ।

अङ्ग्रेजी बोलिने देशमा हामीले पठाउँछौ । यहाँ आएका सबै विद्यार्थी विदेश जानै पर्छ भन्ने छैन । हामीले विद्यार्थीलाई पढ्न सिक्न अनुरोध गर्छौ । तर विद्यार्थीहरु नेपाल फर्किनु पर्छ भन्ने कुरा हामीले पोस्टरमा समेत टाँस्दै आएका छौँ । पिआर पाउँनु नराम्रो कुरा होइन । पिआर पाएपछि पनि विद्यार्थीहरु नेपाल आउनुपर्छ भन्ने हाम्रो बुझाई हो।

बाहिर ट्रस्ट फण्डहरुपनि संचालनमा छन् । सो मार्फत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले सहयोग पाउने गर्छन् । ट्रस्टमा बास्केट फण्डको पैसा रहने गर्छ ।
हालसम्म अभिभावक, विद्यार्थी मार्फत राम्रो सल्लाह सुझाव पाउँदै आएका छौँ । हामीले बाहिर गएका विद्यार्थीहरुसँग पनि राम्रो सम्पर्क गर्दै आएका र्छौ।

मेलवर्न, सिडनीमा हामीले कम्पनी खोलेका छाैँ । श्रीलङ्का, अमेरिकामा पनि हामीले सेवा बिस्तार गर्ने तयारी गरेका छौँ । अमेरिकामा जाने विद्यार्थीलाई पनि हामीले पूर्ण सहयोग गर्ने छाैँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.