नेपाल बंगलादेश बैंकद्धारा अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण

  २०७६ पुष ४ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले काठमाडौँस्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ वटा  कम्बल हस्तान्तरण गरेको छ । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज बनाउन उक्त ब्ल्यांकेट वितरण गरेको हो ।

बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सो संस्थाका अध्यक्ष गोपल बहादुर कार्कीले सहयोगका लागि धन्यबाद ज्ञापन गरेका छन् ।

बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरु तथा बालबालिकाहरुका जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.