एनआईसी एशिया क्यापिटलकाे नयाँ वर्ष याेजनाः १ रूपैयाँमै डिम्याट खाता

  २०७६ पुष १७ गते १०:००     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले १ रुपैयाँमा डिम्याट खाता खोल्ने भएकाे छ । क्यापिटलले अग्रेजी नयाँ वर्ष २०२० को अवसरमा एक नेपाली एक डिम्याट खाता अभियान प्रभावकारी बनाउन  पुस १६ गतेदेखि २०७७ असार मसान्तसम्म  १ रुपैयाँमा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको हो ।

व्यक्तिको सबल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै अग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सो अभियानको थालनी गरेको क्यापिटलकाे भनाइ छ । एनआईसी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरी एक नेपाली एक डिम्याट खाता अभियान संचालन गरिरहेको छ ।

एनआईसी एशियाले सोही अभियानलाई थप टेवा पुर्याउन मिति २०७७ असार मसान्तसम्म डिम्याट खाता संचालन वापत लाग्ने पहिलो वर्षको खाता संचालन शुल्क पनि छुट गरेकोे छ । यस अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने क्यापिटलको विश्वास छ ।

एनआईसी एशियाले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना एनआईसी एशिया ग्रोथ फण्ड तथा एनआईसी एशिया ब्यालेन्सड् फण्ड संचालन गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.