नेपाल बंगलादेश बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको प्रशिक्षण

  २०७६ पुष २३ गते १२:३२     विकासन्युज

फिदिम । नेपाल बंगलादेश बैंकले पाँचथरस्थित श्री गढी माध्यमिक विद्यालयका ३० दृष्टिविहीन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ते प्रशिक्षण सम्पन्न गरेको छ । सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए ।  प्रशिक्षण मैत्री समाज नेपालकाे सहायतामा पुस ४ सम्पन्न भएकाे हाे ।

यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो ।

यस प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.