साताको शेयर बजारः चार अर्ब माथिको कारोवार

  २०७६ पुष २६ गते १७:३८     विकासन्युज

काठमाडौैं । साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल गर्याे । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत नयाँ उचाइ हासिल गर्याे ।

लगानीकर्तामा एक प्रकारको उत्साह जगाउन सफल साताको रुपमा यस हप्ता कायम रह्यो । साताभर कूल १७९ कम्पनीका १ अर्ब ४६ करोड ८२ हजार ५ सय ५३ कित्ता शेयर ४अर्ब २२ करोड ५६ लाख ३२ हजार ८ सय २७ रुपैयाँ बराबरमा कारोवार भयो ।

सन् २०२० को शुरुवातीसँगै नेप्सेमा देखिएको सुधार साताभर नै कायम रहेका कारण बजारले गुणात्मक लय समात्न सफल भएको हो । कारोवार रकम र नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि त्यसैको परिचायक बन्न पुग्यो ।

सातामा कारोवार हुने पाँच दिनमध्ये बुधबार मात्रै नेप्से सामान्य अङ्कले घट्यो । अन्य दिन भने बजारमा सकारात्मक परिवर्तन देखियो । साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुग्यो । नेप्सेको छलाङसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८ सय ७४ कित्ता शेयर ७१ करोड २४ लाख २५ हजार ८ सय २७ मूल्यमा खरीद बिक्री भए ।

सोमबार पनि नेप्से परिसूचक १८ अङ्कले बढ्यो । त्यस दिन नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुग्यो । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २ सय नाघ्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि भारी वृद्धि भयो । स्टकका अनुसार कूल १ सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर ८४ करोड २५ लाख ८२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भएको हो ।

मङ्गलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुग्यो । धेरै पछि कारोवार रकम अर्बमाथि पुग्यो । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७ सय ४८ मूल्यमा खरिद–बिक्री भए ।

बुधबार भने नेप्से ७.३२ विन्दुले घट्यो । कूल १ सय ७२ कम्पनीका २१ लाख ८५ हजार ३ सय ९७ कित्ता शेयर ७३ करोड आठ लाख ५२ हजार ३ सय ४५ मूल्यमा खरिद बिक्री भए ।

बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । त्यस दिन नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुग्यो । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७ सय ५७ मूल्यमा खरिद बिक्री भए ।

साताभर विभिन्न चार कम्पनीको शेयर सूचीकृत भए । त्यसमा अपि पावर कम्पनीको ७ लाख ६७ हजार कित्ता शेयर लाभांश, ग्लोबल आइएमइ बैंकको एक करोड ३३ लाख ६ हजार ५ सय ५७ कित्ता शेयर लाभांश, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ लाख ५१ हजार ८६० कित्ता शेयर लाभांश तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५७ हजार ६ सय कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.