२०७६ माघ ३ गते १८:३१ विकासन्युज
काठमाडाैं । बिहिबारदेखिकाे निरन्तर वर्षाले काठमाडाैं हिलाम्य बनेकाे छ ।
दुई दिनकाे वर्षाले नै संघिय राजधानी काठमाडाैं हिलाम्य बनेकाे हाे ।
निरन्तरकाे झरीले जनजीवनसमेत प्रभावित भएको छ । बिहीबार दिउँसोदेखि निरन्तर पानी पर्दा राजधानीलगायत देशभरको जनजीवन प्रभावित भएको हो ।
शुक्रबार देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडाैंमा परेकाे दिनभरकाे वर्षाले सर्वसाधारणलाई सास्ती भएकाे छ ।
यिनै दृश्यलाई विकासन्यूजकर्मी प्रकाश वाग्लेले क्यामेरामा यसरी कैद गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.