आशा लघुवित्तले महाेत्तरीको एकडारामा सम्पन्न गर्यो सिपमूलक तालिम

  २०७६ माघ १६ गते १८:५८     विकासन्युज

काठमाडौं । आशा लघुवित्तले महोत्तरीको एकडारामा सिपमूलक तालिम सम्पन्न गरेको छ । लघुवित्तले गत माघ १३, १४ र १५ गते गरी ३ दिनमा सो तालिम सम्पन्न गरेको हो ।

लघुवित्तले महोत्तरीमा आबद्ध सदस्यहरु मध्ये ७६ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रबन्धक संजय कुमार सिंहले कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने तथा यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धि हुने बताए । उनले सो क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकि हुन् । तालिम पश्चात सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तरिका, बजारीकरण सम्बन्धमा जानकारी हाँसिल गरेका अवसर पाए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २,४२४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ भने सदस्यहरुबाट ६५ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.