हिमालयन जनरल इन्स्योरेन्सको लाभांशदर घट्यो, अब कति दिन्छ ?

  २०७६ माघ २२ गते १३:५८     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश दर घटेको छ । कम्पनीको गत आर्थिक वर्षको परिमार्जित वित्तीय विवरण अनुसार प्रस्तावित लाभांशदर घटेर ७.७५ प्रतिशतमा झरेको छ ।

पुस १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद लाभांश वितरण दिने प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावलाई बीमा समितिले परिमार्जन गरेको हो ।

यससँगै अब कम्पनीले बीमा समितिको स्वीकृति पश्चात हालको चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त नयाँ लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.