२०७६ माघ २३ गते १८:४९ विकासन्युज
काठमाडौं । कोरोना भाइरसको न्यूनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएकाे थर्मल मेसिन बिग्रिएको छ । मेसिन राखिएको १० दिनमै एउटा थर्मल स्क्यानर बिग्रिएको हो ।
विमानस्थलमा राखिएका दुईटा मेसिन मध्ये एक मेसिन बिग्रिएकाे छ । एउटा थर्मल स्क्यानर बिग्रिएपछि यात्रुहरुलाई एउटै स्क्यानरले नै जाँच भईरहेको विमानस्थल स्रोतले बताएको छ । स्क्यानर साेमबार नै बिग्रिएको हाे ।
काेराेना भाइरस प्रति सर्तकता अपनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एयरपाेर्टमा हेल्थ डेस्क खडा गरेकाे छ । हेल्थ डेस्कमा हाल ७ जना डाक्टर, ३ जना नर्स, र ३ जना प्यारामेडिक्स कार्यरत छन् । यस्तै केही एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.