२०७६ माघ २६ गते १३:२६ विकासन्युज
काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार अजय तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । भक्तपुर घर भइ हाल काठमाडौं बस्ने ३७ वर्षका तामाङ कोटेश्वरबाट पक्राउ परेका हुन् ।
वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ४ वर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उल्लेखित सजाय वेरुजु रही फरार रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको हो ।
उल्लेखित सजाय वेरुजु रही फरार रहेका निजलाई यस कार्यालयको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाएको छ ।
निज प्रतिवादी अजय तामाङ्ले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै जाहेरवालाहरुबाट रकम प्राप्त गरी भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए।
Copyright © 2024 Bikash Media Pvt. Ltd.