२०७६ फागुन ४ गते १७:१३ विकासन्युज
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।
त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् ।
तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।
सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।
महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ?
यो प्रश्न सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर राउत, मोहन बहादुर कलेल, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायत र उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीला सोधेका छौं ।
उनीहरुले अबको नेतृत्वले विकट क्षेत्रका व्यवसायीलाई पनि समेटेर अगाडि बढ्ने र लामो समय देखि थिचिएर बसेका व्यवसायीको समस्या समाधान गर्ने नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।
हामीलाई माथि उठाउने नेतृत्व चाहिन्छ
धन बहादुर राउत सर्खेत, अध्यक्ष, सुर्खेत उद्योग वाणिज्य संघ
अहिले सम्म प्रदेश र केिन्द्रय महासंघले जिल्ला नगर संघहरुलाई त्यति हेर्न सकेका छैनन् । जिल्ला नगर उद्योग व्यवसायीहरुलाई सँगै लिएर समन्वय हिसावले काम गर्ने, विभिन्न गतिविधिमा सहयोग गर्ने गरेको छैनन् ।
उद्योगी व्यवसायीहरुको वद्धि विकासका लागि महासंघले त्यस्ता किसिमका कुनै कार्यक्रमको आयोजना गर्न सकेको छैन । कर्णाली यसै विकटमा छ । यहाँका व्यवसायीहरु त्यति पढेलेखेका पनि छैनन् । वर्सेनी करका नीतिहरु आउँछन् । ती नीतिहरु बुझाउने भूमिका अहिले सम्म महासंघले केही गर्न सकेको छैन । हामी धेरै पछाडि छौं । यो किसिमबाट माथि उठाउने नेतृत्व आजको आवश्यकता हो ।
बैंकहरुले लिने व्याजदर पनि धेरै छ । यसमा महासंघले आफुले गर्न सक्ने काम गर्नु पर्छ । धेरै मानिसहरु आफ््नै व्यवसाय गर्न चाहन्छन् । तर, तिनीहरुलाई कसरी काम गर्नो आइडिया थाहा हुन्न । यस्ता किसिमका व्यवसायीहरुका लागि महासंघले एउटा कार्यपत्र बनाएर अगाडि बढ्नु पर्छ । यी विविधि किसिमका समस्याहरु समाधान गर्ने नेतत्व हामीलाई आवश्यक छ ।
घरेलु उत्पादन विक्रि हुने बजार सिर्जना गरिनु पर्छ
मोहन बहादुर कलेल, अध्यक्ष, डोटी उद्योग वाणिज्य संघ
हामी सँग धेरै समस्या छन् । ती समस्या समाधा गर्ने नेतृत्व हामीलाई आवयक छ । हामी उद्योग वाणिज्य संघ डोटीको भवन बनाउन सुरु गर्दैछौं यसुका लागि पपनि हामीलाई सहयोग चाहिएको छ । हामी प्रत्येक वर्ष महोत्सव मनाउँछौं । तर, महोत्सव मनाएर घाटामा मात्र जान्छौं ।
यहाँ घरेलु उत्पादन पनि धेरै हुन्छ । मह उत्पादन गर्छौं । घरेलु उत्पादनहरु विक्रि वितरणमा समस्या भइरहेको छ । यी घरेलु उत्पादन विक्रिका लागि बजार सिर्जना गर्न आवश्यक छ । हामी हिमाली/पहाडी जिल्लाका व्यवसायी हौं । नेपाल उद्योग वाणिज्य महासंघले हामी जस्ता साना व्यवसायीलाई हेर्ने विचार पनि फरक गर्नु पर्छ ।
समस्या समाधान हुन्छ भन्ने अपेक्षा पनि छैन
महेन्द्र कडायत, अध्यक्ष, अछाम उद्योग वाणिज्य संघ
हामी धेरै विकट क्षेत्रका उद्योगी हौं । हाम्रा धेरै समस्या छन् । धेरै समस्या समाधान हुन्छन् भन्ने हामीले सोचेका पनि छैनौं ।
अबको नेतृत्वले राम्रो काम गरोस् भन्ने हामीले अपेक्षा गरेका छौं । करको कुरामा धेरै समस्या छ । यसको समस्या निराकरण गर्ने काम भइरहेको छैन । ठूला घराना र उद्योगीहरुका समस्याहरुलाई मात्र सुन्ने र बुझ्ने मात्र नभई समग्र व्यवसायीको हितमा काम गर्न सक्ने हुनु पर्छ ।
हाल हामी साना व्यवासयीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई सरल रुपमा लिएर राज्यसँग वार्ता गर्न सक्ने हुनु पर्छ ।
व्यवसायी अनुसारको कर हुनुपर्छ
दान बहादुर सुर्मेली, अध्यक्ष, उद्योग वाणिज्य संघ,बझाङ
जिल्ला नगरका धेरै समस्या छन् । हामी विकट क्षेत्रका धेरै समस्या छन् । जिल्लाको नगर उद्योगहरुलाई हेर्नु पर्छ । अहिले सम्मका नेतृत्वहरुले गर्नु पर्ने जति हामीले देखेका छैनौं ।
कर अतिर्नर्ला पनि अर्को ठाउँमा जानु पर्ने अवस्था छ । करको नीति व्यवसायी अनुसारको हुनु पर्छ । नेपाल उद्योग वाणिज्य महासंको अब आउने नेतृत्व कुशल सक्षम र सबै व्यवसायीका पिर मर्का बुझ्ने खालको हुनु पर्छ ।
हामी जिल्ला नगरका व्यवसायीका समस्याहरु अहिले सम्म राज्यसम्म पुगाउने प्रयास महासंघले गर्न सकेको अवस्था छैन । त्यो अवस्थालाई अबको नेतृत्वले गहन रुपमा लिन सकोस् हाम्रो यही अपेक्षा छ ।
सम्बन्धित समाचार:
Copyright © 2024 Bikash Media Pvt. Ltd.