२०७६ फागुन ११ गते १४:५२ विकासन्युज
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । यससँगै उनले आइतबार(आज)देखि उक्त पदको कार्यभार सम्हाल्ने छन् ।
पदभार ग्रहणको अवसरमा उनले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
राष्ट्रपति कार्यालयले खतिवडालाई गत बिहीबार अपरान्ह सञ्चार मन्त्रालयको जिम्मेवारी दिइको थियाे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै खतिवडालाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.