२०७६ फागुन १९ गते १३:३७ विकासन्युज
काठमाडौं । राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित भएका छन् । साेमबार भएकाे आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको हाे
आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने बताए ।
उनले आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए । १५ औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो ।
१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.