कोरोनाको प्रभावः क्यालिफोर्नियामा संकटकाल घोषणा, ११ जनाकाे मृत्यु

  २०७६ फागुन २२ गते १२:४४     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै अमेरिकाको क्यालिफोर्निया राज्यले अनिश्चित संकटकाल घोषणा गरेको छ ।

कोरोना भाइरसको कारणले नै पहिलो पटक उक्त राज्यमा मृत्यु भएको पुष्टि भएसँगै संकटकाल घोषणा गरेको हो ।
न्यूओर्क टाइमका अनुसार हालसम्म अमेरिकाको १६ राज्यमा १ सय ४० जना कोरोना भाइरसको संक्रमण भेटिएसँगै ११ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकाको १६ राज्यमा कोरोनाको संक्रमण भेटिए पछि ह्वाइट हाउसले देशभर कोरोना जाँच लैजाने घोषणा गरेको छ ।

त्यस्तै ह्वाइट हाउसले ८.३ विलियन डलर आपतकालिन सहायता रकमवापत छुट्याएको छ । फ्लोरिडा अगाडी वासिङ्डनले पनि आपतकालिन राज्य घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.