सुनसान ठमेल !
२०७६ फागुन २२ गते १४:३७ प्रकाश वाग्ले
ठमेलमा घोसेमुन्टो लगाएर बसेका एकजना सडक व्यापारी ।
काठमाडौं । यतिखेर विश्वभर कोरोना (कोभिड–१९) को त्रास छ । चीनबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभरका नागरिकरुमा डर त्रास र भयको वातावरण सिर्जना भएको छ ।
यसकाे प्रभावबाट नेपालले पनि छुट्कारा पाउन सकेको छैन । यसले नेपाली अर्थतन्त्रलाई नराम्ररी प्रभाव पारेको छ । विशेषगरी नेपालको पर्यटन क्षेत्र यतिखर अस्तव्यस्त छ ।
नेपालको सबैभन्दा बढी पर्यटक आउन मध्येका ठमेल र पाटन दरवार स्क्वायर यतिखर सुनसान छन् । हामीले तिनै क्षेत्रमा गएर त्यहाँका केही तस्विर लिएका छौं ।
पाटन दरवारमा घुम्दै एक परिवार
पाटन दरवारमा आन्तरिक पर्यटकको घुइँचो तर विदेशी पर्यटक भने न्यून ।
पाटनमा घाम ताप्दै केही जेष्ठ नागरिक ।
पाटन दरवार स्क्वायरमा गफिदै केही नागरिक ।
पाटन दरवारमा सजाइएका सामानहरु अवलोकनमा विदेशीहरू ।
पाटन दरवारमा सजाइएका सामान
पाटनमा माटोको दियो नियाल्दै एकजना विदेशी महिला ।
पाटनमा घाम ताप्दै ।
ठमेलमा घुम्दै विदेशी पर्यटक ।
ठमेलमा घुम्दै दुई जना विदेशी नागरिक ।
ठमेलको पसलमा राखिएको सजावटका सामान ।
मोबाइल चलाउँदै पर्यटकको पर्खाइमा रिक्सा चालक र खाली रिक्साहरू ।
कोरोनाको त्रासले दुवैले मुख छोपेका छन्, दुबैका आफ्नै बाध्यता छन् ।
ठमेल सडकमा हिड्दै एकजना विदेशी नागरिक
ग्राहक नआएर मोबाइलमा व्यस्त ठमेलमा एक व्यापारी ।
ठमेलकाे सुनसान पसल ।
दुई विदेशी महिला ठमेल घुम्दै ।