२०७६ चैत ५ गते ११:१९ विकासन्युज
काठमाडौं । सहारा विकास बैंकले ९ लाख कित्ता सेयर लिलाम गर्ने भएको छ । बैंकले चैत १२ गतेदेखि ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता संस्थापक सेयर बोलकबोलमार्फत लिलाम गर्ने भएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को प्रावधानलाई आधार मानी बैंकले बोलकबोल मार्फत अवितरित हकप्रद विक्री गर्न लागेको जनाएको छ । बैंकले गत वर्ष २०७५ साल जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधीमा बैंकको संस्थापक तर्फको उक्त कित्तामा आवेदन नपरेपछि लिलामीमा ल्याएको हो ।
बैंकले सेयरको न्युनतम मुल्य १ सय तोकेको हुँदा सो भन्दा बढीको मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । सेयर खरीदको लागि आवेदकहरुले न्युनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.