२०७६ चैत १० गते १५:२३ विकासन्युज
काठमाडाैं । कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कंचनपुरको महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेका छन् ।
तस्वीरः पाण्डव पुजारा । कैलाली
Copyright © 2025 Bikash Media Pvt. Ltd.