मोबाइलमा रिचार्ज गरी कसरी लिने रिचार्ज बराबरको बोनस रकम ?

  २०७६ चैत १७ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन गत बुधबारदेखि रिर्चाज बराबरकै बोनस सुविधा दिन सुरु गरेको थियो । तर धेरैले गुनासोे गरिरहेका छन् मैले रिर्चाज गर्दा मेरो फोनमा बोनस आएन भनेर ।

के गर्ने बोनस लिन

नेपाल टेलिकमका अनुसार १ सयको रिचार्ज गर्दा १ सय नै बोनस आउँछ ।अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार रूपैयाँ नै बोनस पाइने छ । जतिको रिर्चाज गर्यो त्यति नै बोनस आउँछ । तर बोनस बापत प्राप्त रकम बढीमा १० दिनभित्र खपत गर्नु पर्नेछ ।

रिचार्ज गरेलगत्तै माेवाइलमा दुइ वटा म्यासेज आउँछ । पहिलाे म्यासेजमा रिचार्ज गरेकाे रकम क्रेडिट भएकाे देखाउँछ । अर्थात तपाइकाे रिचार्ज सफल भयाे ।

सँगै रिचार्ज बराबरकाे रकम बाेनस बापत तपाइले पाउनु भयाे भन्ने सन्देश आउँछ ।

बाेनस बापत प्राप्त रकम कति खर्च भयाे र कति बाँकी छ भनेर जान्न विधि उल्लेख गरिएकाे हुन्छ । त्यसबारे जान्नकाे लागि  *१४१५*५५# डायल गर्नुपर्नेछ । त्यस्तै, एफआर टाइप गरी १४१५मा एसएमएस गरेर पनि बाँकी बाेनस रकमबारे जानकारी लिन सकिन्छ ।

यसरी एसएमएस गर्दा बाेनस रकम कति बाँकी छ र कहिले सकिदै छ भन्ने जानकारी प्राप्त हुन्छ । साथै तपाइले भ्वाइस वा डाटा प्याक सेवा लिनु भएकाे छ भने उक्त सेवामा खपत गर्न बाँकी सेवाहरू उल्लेख गरिएकाे हुन्छ ।

सबै सन्देशहरू अग्रेजी भाषामा आउने भएकाेले सर्बसाधारण नेपाली उपभाेक्तालाई बुझ्न भने गाह्राे हुनसक्छ ।

नेपाल टेलिकमका अनुसार ‘एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

बोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको बाेनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.