२०७६ चैत २६ गते १३:२६ विकासन्युज
काठमाडाैं । काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आज पनि सघन उपचार कक्ष (आईसीयू)मै रहेका छन् । अहिलेसम्म उनकाे अवस्था स्थीर रहेकाे अन्तर्राषट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो । तर, अहिले उनकाे अवस्था स्थीर छ । प्रधानमन्त्री जोनसनको अवस्था स्थिर रहेकाेले उनलाई भेंटिलेटरमा नराखिएको जनाइएकाे छ। बीबिसी हिन्दी
Copyright © 2025 Bikash Media Pvt. Ltd.