२०७७ वैशाख ८ गते १४:४२ विकासन्युज
काठमाडौं । सरकारले राहत पाउन नसकेका नागरिकहरुका लागि ७ वटै प्रदेशमा फोकल अधिकारी तोकेको छ । लकडाउनको समयमा राहत प्राप्त गर्न नसकेकाहरुलाई स्थानीय तहहरूसँग समन्वय र सहजीकरण गर्नका लागि ७ वटै प्रदेशमा फोकल अधिकारी तोकेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना जारी गर्दै सबै प्रदेशमा फोकल अधिकारी तोकिएको जानकारी दिएको हो ।
‘राहत पाउन नसकेका व्यक्तिहरूले सम्पर्क गर्न तथा आ–आफ्नो टोल, छिमेकमा सम्पर्क गराई सहयोग गर्न मन्त्रालयले नगरिक समाज, बुद्धिजीवी, राजनीतिकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णलाई अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।
फेकल अधिकारीका रूपमा प्रदेश–१ मा प्रह्लाद कार्की, प्रदेश– २ मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुसाल, प्रदेश– ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले तथा सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल तोकिएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.