घट्छ भनेर सेयर बजार बन्द गरेर बस्नु फाइनान्सियल क्राइम नै हो

  २०७७ वैशाख १५ गते १३:५०     प्रकाश तिवारी

स्टक मार्केट चाहिने भनेको दुईटा कुरालाई हो । एउटा कम्पनीको पुँजी निर्माणको लागि हो । किनभने कम्पनीलाई चाहिने पुँजी एउटैसँग हुन सक्दैन । धेरै मानिससँग भएको सानो सानो पुँजी एकृकीत गर्न स्टक मार्केट चाहिन्छ । अर्को भनेको तरलता (लिक्विडिटी) को लागि हो । कुनैपनि कम्पनीको सेयर होल्डर बनेर आफुले चाहेको दिनमा किन्न र बेच्न पाइने भएकोले पनि स्टक मार्केट चाहिन्छ ।

अहिले नेपालको सेयर बजार बन्द भएको छ । जसले दोश्रो कुरा अर्थात तरलतालाई ठ्याक्कै प्रहार गर्छ ।

यो लकडाउको समयमा बैंकहरु खुल्ला भएपनि पनि राम्रोसँग काम गर्न सकेका छैनन् । यसले पनि केही प्रभाव पारेको छ । त्यो बेग्लै कुरा हो । सेयर बजार लगानीकर्ताकै कारणले वा भनौं बजार खुल्ला भएपनि लगानीकर्ताले कारोबार नगरेर बजार बन्द हुँनु स्वभाविक हो । तर, यो लकडाउनको समयमा मार्केट घट्न सक्छ, यस्तो बेलामा घट्यो भने लगानीकर्तालाई गाह्रो हुन्छ भन्ने तर्क दिएर बजार बन्द भइरहेको छ । यो चाँहि सरासर गलत नै हो ।

मार्केटको सुन्दरता भनेकै घट्ने, बढ्ने नै हो । मार्केट कहिले पनि नघट्ने भयो भने लगानी गरेको मजै हुँदैन । बजार घट्यो भने पनि नयाँ लगानीकर्तालाई अवसर हुन्छ । बढ्यो भने पनि पुराना लगानीकर्तालाई फाइदा हुन्छ । त्यसैले बजार घट्ने या बढ्ने तर्क दिएर बजार बन्द गरिनु बजार प्रणालीको सिद्धान्त विपरितको कुरा हो ।

त्यहि भएर मार्केट घट्न सक्छ या गाह्रो हुन्छ भन्ने अनुमानमा बजार बन्द गर्ने नै होइन । यहि घट्छ वा बढ्छ भनेर जोखिम लिन चाहने र सक्नेहरु नै मार्केटमा प्रवेश गर्ने हो । बजार सधै स्थीर रहन्थ्यो भने सेयर बजारमा लगानी गर्ने नै हुदैनथे । जोखिम लिएर बजारमा लगानी गर्नुको औचित्य नै हुदैनथ्यो । जसले जोखिम मोल्न सक्छ, बढ्यो भने कमाई पनि हुन्छ र घट्यो भने घाटा पनि हुन्छ भनेर जो मानसिक रुपमा तयार भएका हुन्छन्, तिनीहरु नै मार्केटमा प्रवेश गर्ने हुन् ।

मार्केटको सुन्दरता भनेकै घट्ने, बढ्ने नै हो । मार्केट कहिले पनि नघट्ने भयो भने लगानी गरेको मजै हुँदैन । बजार घट्यो भने पनि नयाँ लगानीकर्तालाई अवसर हुन्छ । बढ्यो भने पनि पुराना लगानीकर्तालाई फाइदा हुन्छ । त्यसैले बजार घट्ने या बढ्ने तर्क दिएर बजार बन्द गरिनु बजार प्रणालीको सिद्धान्त विपरितको कुरा हो ।

त्यसैले, फेरि पनि भन्छु मार्केट बन्द गराउनु आफैमा गलत हो । विश्वका दुई सयभन्दा बढी देशहरु जतिमा स्टक मार्केटहरु छन्, तीमध्ये अधिकांशमा कोरोना भाइरसको असर परेको छ । हाम्रो देशमा मात्रै असर परेको पनि होइन । अधिकांश देशमा परेको छ । विश्वभरिका बजार खुलिरहेकै छन् । हाम्रो किन बन्द गर्ने ?

हुन त, अरु देश हामीभन्दा विकसित छन्, उनीहरुसँग तुलना गरेर हुन्न भन्ने तर्क पनि दिने गरिएको छ । यथार्थ त्यस्तो होइन । विश्वभरिका देशमध्ये सबैभन्दा अविकसित, सबैभन्दा खत्तम पूर्वाधार भएको देश हामी नै पक्कै पनि होइन । सरसर्ती हेर्दा हामी बीचतिर पर्छौं । सयौं स्थानमै पर्यौ भने पनि हाम्रो भन्दा कमजोर पूर्वाधार भएको देशहरुमा पनि बजार खुलेकै छ । अन्य विकसित मुलकमा त भन्नै परेन ।

त्यसैले बजार पुरै अवधि खुलाउने, सँधै राफसाफ गराउने भन्ने त नहोला, जुन गाह्रो पनि हुन्थ्यो होला । सीमित मान्छेले मात्र अनलाइन लिएका छन् । यो प्रणालीसम्म सबैको पहुँच छैन, सर्किट ब्रेक लाग्छ भन्ने कुरा छ । खास भन्ने हो भने स्टक मार्केट भनेको सबैले एक्सेस लिने ठाउँ पनि होइन । सीमित मान्छेले मात्र पहुँच राख्ने ठाउँ हो । अनलाइन लिन सबै लगानीकर्ता तयार भइसकेका छैनन् । यदि म्यानिपुलेसन हुन्छ भन्ने हो भने उनीहरुले अनलाइन सेवा लिने हो । म्यानिपुलेसन हुन्छ भने अरु कुराबाट रोक्न सकिन्छ । सर्किट ब्रेकको अहिलेको दिनमा १० प्रतिशत तलमाथिमा लगाउने व्यवस्थालाई परिमार्जन गरेर दिनको २ प्रतिशत कायम गर्ने व्यवस्था गर्न सकिन्थ्यो । ५ घण्टा हुने कारोबारलाई रोकेर दिनको एक घण्टा मात्रै किन नहोस्, खोल्न सकिन्थ्यो ।

दिन दिनै हुने सेटलमेन्टको लागि बैंकमा जान आउन अफ्ठ्यारो हुने स्थिति हुन सक्छ । जसलाई तीन/चार दिन गराएर अर्थात हप्तादिनमा रकम सेटलमेन्ट हुने व्यवस्था गराउन सकिन्थ्यो ।

यसलाई फुल फेजमा खुलाउन नसकेपनि सीमित रुपमा खोल्न सकिन्थ्यो । बैंकका कर्मचारीहरुलाई पास दिएजस्तो ब्रोकरका कर्मचारीहरुलाई पनि पास उपलब्ध गराएर हप्ताको एकचोटी क्लियरिङ सेटलमेन्ट हुने तरिकाले मार्केट सञ्चालन गराउन सक्ने अवस्था थियो ।

तर यी कुरालाई ध्यान नदिई बजार बन्द गराउनु पर्छ भनेर लगानीकर्ता लागिपर्नु र नेप्से पनि मार्केट बन्द भयो भनेर कानमा तेल हालेर बस्ने बाहेक केही काम नै भएको छैन । यस्तो भईसकेपछि स्टक मार्केटलाई नै करियर बनाउँछु भन्ने हामी जस्तो मान्छेलाई मार्केट त जुन दिन, जहिले पनि जसरी पनि बन्द हुन्छ भन्ने भ्रम पर्न सक्छ । विश्वास गुम्न सक्छ ।

यसलाई फुल फेजमा खुलाउन नसकेपनि सीमित रुपमा खोल्न सकिन्थ्यो । बैंकका कर्मचारीहरुलाई पास दिएजस्तो ब्रोकरका कर्मचारीहरुलाई पनि पास उपलब्ध गराएर हप्ताको एकचोटी क्लियरिङ सेटलमेन्ट हुने तरिकाले मार्केट सञ्चालन गराउन सक्ने अवस्था थियो ।

अब यो लकडाउन कहिले खुल्ने हो कसैलाई थाहा छैन । यदि ३/४ महिनै बन्द भइदियो भने चुप लागेर बस्ने बाहेक अरु केही विकल्प नै छैन । यस्तो अभ्यासले गर्दा एक त बाहिरको लगानीकर्ता तथा एनआरएनलाई यो मार्केटको ठेगान छैन, जुन दिन पनि जसरी पनि बन्द गराईदिन सक्छन्, गाह्रो पर्दा बेचेर लिन पाईदैन, यसमा किन लगानी गर्ने भन्ने कुरा नआउला भन्न सकिन्न । अर्को, हाम्रो देशको वित्तीय क्षेत्रमा पनि यसले प्रभाव पार्छ ।

त्यसैले मार्केट सबल बनाउने हो । मार्केट पूर्वाधार सुविधा घरमै बसेर कारोबार गर्ने गराउने व्यवस्था मिलाउने हो । अहिलेको परिस्थितिलाई अवसरको रुपमा हेरेर बैंकहरुसँग इन्ट्रिगेसन गर्ने हो । तर मार्केट घट्न सक्छ भनेर बन्द गरेर बस्नु चाहि आफैँमा फाइनान्सियल क्राइम नै हो ।

यद्यपि हालसम्म पनि अनलाइन कारोबारका सबै संयन्त्र बैंकसँग इन्ट्रिगेसन भइसकेको छैन । विकसित मार्केटको अनुसार जानु पर्छ भन्ने कुरा भएको हो । जसको लागि नेप्सेको सफ्टवेयर पनि त्यहि अनुसारको हुनु पर्यो । कानुन संशोधन गर्नु पर्ने कुराहरु छन् । अनलाइनबाट सेयर बेचेपछि पैसा खातामा आउने र किनेपछि खाताबाट घट्ने तरिकाको जुन एउटा सिस्टम बनाउने कुरा थियो, त्यो चाहि भएको छैन ।

इन्ट्रिगेसनको काममध्ये डिम्याट चाँहि भएको छ । जस्तो, मैले कसैको चेक नलिईकन सेयर किनेको भरमा ब्रोकरको खातामा पैसा ट्रान्सफर हुँदैन । ब्रोकरले मेरो सेयर बेचिदिएपछि त्यहाँबाट मैले चेक लिएर आएपछि मेरो खातामा जम्मा नगरीकन हाम्रोमा पैसा जम्मा हुँदैन । त्यसको लागि छुट्टै संयन्त्र बनाउनु पर्ने हुन्छ ।

अनलाइन कारोबारमा अर्काे पनि समस्या छ । अहिले डिजिटल कारोबारको लागि राष्ट्र बैंकले सीमा तोकेको छ । निश्चित रकमभन्दा बढीको डिजिटल कारोबार गर्न पाइदैन । २ देखि ५ लाख रुपैयाँको लिमिटले सेयरको अनलाइन काराबोरलाई सहयोग गर्दैन । किनभने मार्केटमा करोडौंको कारोबार हुन्छ । यदि अहिलेको स्थितिमा बजार खुलेको भए, कमी कमजोरी के के थिए भन्ने सबैलाई थाहा हुन्थ्यो । अनलाइन कारोबारलाई व्यवस्थित गर्न के गर्नु पर्थ्यो, केले गर्दा गर्न सकिएन भन्ने कुरा आउथ्यो । सबै प्रष्ट हुन्थे । तर बिडम्बना, त्यो हुन पाएन । अवसर गुमायौं ।

सेयर मार्केटका मान्छेको स्वास्थ्यका कुरा पनि आएका छन् । खोल्न हुन्न भन्नेहरुले मार्केट खोलेर मर्नु छ र ? नेप्से तथा ब्रोकरका कर्मचारी मान्छे होइनन् र ? भन्ने जस्ता तर्क गरिरहेका छन् । रोग जसलाई पनि लाग्न सक्छ । तर रोग लाग्न सक्छ भनेर पुरै बन्द गराएर बस्न सकिन्न । मार्केट खोल्दैमा सबै जना ब्रोकरमा जाउँ, भिडभाड गर, रोग सार भन्ने होइन ।

भलै, मार्केट खुलाउँदा केही घट्थ्यो होला । अहिले घटेपनि पछि बजारमा ठूलो रिक्स लिन, मार्केट ग्रोथ हुनको लागि फाउण्डेसन तयार हुन्थ्यो । तर अहिले ५०/१०० अंकले घट्छ भन्ने डरले मार्केट बन्द गरेर राख्दा भोलि हजारौं कमाउने मौका गुमिरहेको जस्तो लाग्छ ।

ब्रोकर कार्यालयमा सिमित कर्मचारी बस्ने र लगानीकर्ताले घरमै बसेर कारोबार गर्ने गराउने अभ्यास गर्न सकिन्छ । लगानीकर्ताको सेयर किनबेच गर्नु छ, ब्रोकर अफिसमा लगानीकर्ता आफै जान सकेन भने पनि चेक साइन गरेर दिन सकिन्छ । अथवा सानो रकमको लागि अनलाइन ट्रान्सफरबाट सकिन्थ्यो होला । ब्रोकरको खातामा ५ लाख रुपैयाँ ट्रान्सफर गर्न मिल्छ भने ५ लाखकै कारोबार, १० लाख गर्न सकिन्थ्यो भने १० लाख नै गरिन्थ्यो होला । नत्र एकैचोटि १० वटा जति चेक साइन गरेर यति रकम भनेर लेखेर लगेर ब्रोकर अफिसमा छाड्थ्ये होलान् । त्यसपछि किनबेच हुन्थ्यो होला । ब्रोकरले उक्त सेयरको सेटलमेन्टको चेक लगेर लगानीकर्ताको खाता नम्बर उपलब्ध गराएपछि उक्त खातामा रकम हाल्दिन सक्थे होला ।

यसो गर्दा कसरी इन्ट्रिगेसन गर्न सकिन्छ, मान्छेबिना नै ट्रान्सफर गर्ने जुन इन्ट्रिगेसनको कुराहरु थिए, ती कुरा तथा अवधारणाहरुको विकास हुन्थे । हाल अनलाइन यूजर १० प्रतिशत मात्र छन् । यदि मार्केट खुलेको भए केहि नभएपनि उनीहरुको संख्या २० देखि ३० प्रतिशत बढ्थे । अर्को, अनलाइन कारोबारको लागि मार्केटमा कहाँनेर कमजोरी रहेछ भन्ने थाहा हुन्थ्यो । तर अहिले मार्केटमा पूर्वधारहरुको जे कमजोरी छन्, ती कुरा बाहिर निक्लिएनन् ।

भलै, मार्केट खुलाउँदा केही घट्थ्यो होला । अहिले घटेपनि पछि बजारमा ठूलो रिक्स लिन, मार्केट ग्रोथ हुनको लागि फाउण्डेसन तयार हुन्थ्यो । तर अहिले ५०/१०० अंकले घट्छ भन्ने डरले मार्केट बन्द गरेर राख्दा भोलि हजारौं कमाउने मौका गुमिरहेको जस्तो लाग्छ ।

मार्केटमा दुई थरीका लगानीकर्ता हुन्छन् । एकले अब मार्केट बर्बाद हुन्छ भनेर बेच्ने हो, अर्कोले अब राम्रो हुन्छ भनेर किन्ने हो ।

यहाँ मार्केट घटेपछि यिनीहरुले सेयर बेचेर पैसा लिएर बसेका रहेछन् । सेयर किन्नका लागि मार्केट खुलाउन खोज्या हुन् भन्ने तरिकाले हेरिन्छ । तर मार्केट सेयर किन्न र बेच्नलाई खुलाउने नै होइन । मार्केट खुल्नुपर्ने भएर खुलाउने हो । कसैलाई घाटा हुन्छ भनेर अथवा कसैलाई नाफा हुन्छ भनेर आफ्नु स्वार्थको लागि खुलाउने बन्द गर्ने होइन । आफ्नु स्वार्थ अनुसार मार्केट खुल्ने बन्द हुने भईदियोस भन्ने जसले पनि चाहन्छ ।

खास मार्केट भनेको के हो ? कुन सिद्धान्तमा चल्नु पर्छ भन्ने हो । त्यही भएर मार्केट सकेसम्म मिलाएर खोलेको भए राम्रो हुन्थ्यो । होइन भने मार्केटको पूर्वाधार विकासमा यसको प्रभाव ठूलै पर्छ ।

मार्केट अस्वाभाविक रुपमा चलखेल गरेर घटाइन्छ कि भन्ने डर हो । यो कुरा मानिन्छ, तर मार्केट घट्न सक्छ भन्ने त तर्कै होइन ।

अन्तर्राष्ट्रिय अभ्यास

हाम्रोभन्दा धेरै नै समस्या बढेका देशहरु, ८/९ लाख बढी मानिस कारोना संक्रमित भएको इटली, चीन जस्ता देशहरुमा मार्केट खोलिरहेका छन् । किनभने तिनीहरु ठूला देशमा पनि गनिन्छन् । एकतिर असर भए पनि अर्को तिरकोले मेन्टन गरिन्छ भनेर खुलेका छन् । साथै, त्यहाँ त्यही हिसावको बजार पूर्वाधारहरु छन्, अनलाइनबाट इन्टिग्रेसन छ, सबै कुरा छन् ।

यो त रह्यो ठूला देशका कुरा । साना देशको पनि कुरा गर्नुपर्दा उनीहरुमा पनि कोरोना संक्रमण बढ्दो भएकाले समस्या पनि छ र मार्केट पनि खुलेकै छन् । उनीहरुले सर्किट ब्रेकरका नियम चेञ्ज तथा कोरोबार समयलाई घटाएका छन् । जे होस्, जुन कुराले गर्दा मार्केट सञ्चालन गर्न गाह्रो भइरहेको छ, ती कुराको समाधान निकालेर बजार खुलाएकै छन् ।

सार्क राष्ट्रमध्ये नै हेर्ने हो भने पनि भुटानभन्दा पछाडि सबैभन्दा कम प्रभावित भएको देश भनेकै हामी हौं । र, पनि बजार बन्द भयो । हाम्रो देशमा अनलाइन कारोबारका सबै प्रणाली इन्ट्रिगेसन नभएकोले सेटलमेन्टमा समस्या छ । अर्को, भनेको शंका हो । अनलाइन कारोबारमा आवद्ध भएका लगानीकर्ताको संख्या कम छ, सिमित संख्याका लगानीकर्ता मात्रै कारोबारमा सक्रिय हुँदा बजारमा केही गडबडी हुन्छ कि भन्ने शंका हो ।

मार्केट घट्न सक्छ भन्ने डर हो एउटा । तर त्यस्तो होइन । यदि मार्केट घट्न सक्छ भनेर बन्द गर्ने हो भने भोलिका दिनमा मार्केट बढ्दा पनि बन्द गर्नुपर्यो । केही समय अघि नेप्से परिसुचक ११ सयबाट १६ सय विन्द पार हुँदा किन बन्द भएन मार्केट ? त्यो बेलामा पनि बन्द गर्नु पर्थ्यो । होइन भने घट्छ भन्ने डरले अहिले बन्द गरिएको बजार खुलाउनु पर्छ ।

त्यसैले, के के कारणले बजार खुलाउन नसकेको हो । त्यी त्यी कुराहरु एड्रेस (परिमार्जन) गरेर, पूर्ण रुपमा नभएपनि आशिंक भने पनि कारोबार चाहिँ खुलाउनै पर्थ्यो ।

 

मार्केट अस्वाभाविक रुपमा चलखेल गरेर घटाइन्छ कि भन्ने अर्को डर हो । यो कुरा मानिन्छ, तर मार्केट घट्न सक्छ भन्ने त तर्कै होइन । मार्केट आफ्नै तरिकाले बढ्छ, आफ्नै तरिकाले घट्छ । त्यसैले, अस्वाभाविक रुपमा चलखेल गरेर घटाइने कुरालाई रोक्न दिनमा यति उतारचढाव हुन सक्ने, यति कित्ताभन्दा बढी कारोबार गर्न नपाईने जस्ता सीमा र व्यवस्था कायम गरेर सानो कारोबार गर्न सकिन्छ । यसो भयो भने चाहिँ दिनमा सेयरको मूल्य त्यति तलमाथि पनि हुँदैन ।

यस्तो अवस्थामा दिनमा १० प्रतिशत बढी प्राइस मुभमेन्टलाई २ प्रतिशतभन्दा तलमाथि गर्न नमिल्ने बनाईयो भने त सामान्य स्थिति भएको बेलाको २ दिनमा २० प्रतिशत घटाउन सक्थ्यो भने त्यति घटाउन अरु १० दिन कुर्नु पर्छ । त्यो बेलासम्ममा सेयर किन्ने मान्छे पनि त आउन सक्छ बजारमा । यस्ता कुरा गर्न सकिन्छ ।

कुनै कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा घटिरहेको छ भने त्यससम्बन्धि हेर्ने छुट्टै समिति छ नि नेप्सेमा । उसले पनि अध्ययन गरेर बढी नै चलखेल गर्न थाले भने त त्यसको कारोबारलाई केहि समय हाईड गरिदिन सक्छ । बढी नै चलखेल भयो भने ७ देखि १० दिन या जति होस् रोक्न सकिन्छ । त्यो त आवश्यकता अनुसारको कानुन, आवश्यकता अनुसारको नियम बनाउने हो । अहिले चलखेल हुन्छ भन्ने डरले होइन, चलखेल हुन थाल्यो भने त्यसलाई रोक्ने कसरी, कम गर्ने कसरी भन्ने तर्फ लाग्ने हो ।

बजारमा यस्ता खालका मान्छेको जमात छन् कि उनीहरुलाई जहिले सुकै मार्केट बढ्नु नै पर्छ, घट्नु हुँदैन भन्ने छ । एक लाखको सेयर किनेर जिन्दगीभर त्यसैले खान पुग्नु पर्छ भन्ने खालको मान्छेहरु छन् । तर हाम्रो धारणा के हो भने मार्केट भनेको विकसित हुनुपर्छ, ताकि हामीहरु जस्तो युवाले चाहिँ फुल टाईम स्टक मार्केटमा काम गरेर जिन्दगी चलाउन सकिन्छ है, स्टक एक्स्चेञ्जमा पनि आफ्नो करियर ग्रोथ गर्न सकिन्छ है भन्ने सोच बनाउन सकोस् ।

अहिलेसम्म त के नै छ र । अन्यत्रबाट पैसा कमाउने, अनि सर्टट्रममा पार गर्नलाई जाने । अहिले फुल टाईम स्टक मार्केटमा काम गरेर हिड्ने मान्छे कति नै छन् र ? मलाई लाग्छ, कत्ति नि छैनन् । म आफैंलाई डर लाग्छ किनकि यस्तो मार्केटमा करियर जुन दिन जहाँ पनि पुग्न सक्छ, ठेगान नै छैन ।

त्यसैले, के के कारणले बजार खुलाउन नसकेको हो । त्यी त्यी कुराहरु एड्रेस (परिमार्जन) गरेर, पूर्ण रुपमा नभएपनि आशिंक भने पनि कारोबार चाहिँ खुलाउनै पर्थ्यो ।

(सेयर विश्लेषक तथा लगानीकर्ता तिवारीसँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.