२०७७ वैशाख १६ गते १८:४५ सुधा मिश्र
जमुनाको आँखा घरिघरि दिवालमा झुन्डियाइएको घडीमा गएर अडकिन्थ्यो। सवा चार बजिरहेको थियो। अहिलेसम्म बाबु किन नआएको होला भन्ने प्रश्न मनमा उठिरहेको थियोे । उसको लागि तयार गरिएको खाजा पनि सेलाउदै गइरहेको थियोे । गएर हेर्नु पर्यो भनेर सोच्दै थिई कि अनुज माँ माँ गर्दै जमुना कहाँ आइपुगे । स्कूलमा दिएको सूचनापत्र जमुनालाई देखाउदै, ” माँ ! हेर्नु न, हाम्रो जाँच अगाडि सर्यो। १० गतेबाट हुने भनिएको जाँच त ।”
५ गते भित्र नै सकिन्छ । यस्तो किन गरेको होला माँ ?”
जमुनाले उसको लुगा फुकाल्दै भनिन्, “शिक्षा मन्त्रालयले सूचना जारी गरेकोले सबै स्कूलहरु ५ गते भित्र बन्द गर्नुपर्ने छ।’
‘तर माँ यस्तो किन गर्नु परेको होला ?’
अनुज हाथ धोएर खाजा खान थाल्छ । जमुना भन्छिन्, ‘कोरोना भाइरसले विश्वमा आतङ्क मचाइ राखेको अवस्था छ। यसबाट जोगिन सामाजिक दूरी अति आवश्यक छ। त्यसैले छिटो गरेको हो बेटा ।’
खाजा सिध्याइ सकेको अनुज झोलाबाट कागज निकाल्दै,’माँ हेर्नु न आज स्कूलमा दादादिदीहरु आउनु भएका थिए। यो पर्चा दिएर जानुभयो । यसमा देखाएको सबै कुरा पनि भनेर जानुभयो। थाहा छ माँ, बाहिर निस्कदा मास्क अथवा मुख ढाकेर निस्कनु पर्छ रे । बाहिर भएको बेलामा घरीघरी हाथ सेनिटाइज गरिराख्नु पर्छ रे । घर आउँदा साबुनपानीले हात मिचिमिचि धुनुपर्छ रे।’
मेरो बेटा त धेरै जान्ने भएछ भनेर जमुनाले अनुजलाई अंगालो हाली निधारमा मुँवाइ खाइन। ‘अब भोलिबाट त्यसो भए मेरो बेटा पनि मास्क लगाएर स्कूल जान्छन् । आफ्नो माँको कुरा मान्छन्। हैन त ‘ भनी अनुजलाई हेर्छिन्। अनुजलाई अप्ठ्यारो लाग्छ ।
‘माँ अबबाट मैले हजुरले भनेको सबै कुरा मान्छु। अटेर गर्दिन । मास्क लाएर स्कुल जान्छु । खाजा खानु भन्दा पहिला स्कूलमा पनि हात साबुन पानीले मिचिमिचि धुन्छु । मलाई थाहा छ हजुरलाई मेरो चिन्ताले सताइ राख्छ । अब हजूरले चिन्ता लिइ राख्नु पर्दैन । म ज्ञानी भएर बस्छु” भन्दै जमुनालाई समाउछ।
चैत ५ गतेबाट स्कूल-कलेजहरु बन्द भयो । चीनमा महामारीको रुप धारण गरेको कोरोना भाइरस विश्व भ्रमणमा निस्केकाले विश्वभरी संकट देखापर्न थाल्यो । जताततै डर र त्रासको वातावरण फैलियो। नभन्दै विश्वभरी नै बन्दाबन्दी लागू भयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान बन्द गरियो । एक मुलुकका मानिसलाई अर्को मुलुक आवत जावतमा प्रतिबद्ध लगाइयो । देशभित्र पनि लकडाउन लगाइयो। बाटोघाटो, मल, हल, मन्दिर, मस्जिद, गुम्बा, चर्च जस्ता सबै स्थानहरु सुनसान भयो। मानिस हिड्ने बाटोमा पशुहरु बेफ्रिक घुमिरहेका छन् । पंक्षी स्वतन्त्र भएर गगनमा रमाइरहेका छन् । मानव आफ्नो घरमा बन्द छन् । सरकारले लकडाउन घोषणा गरेको छ। विश्व नै लकडाउन भएको छ। दिन प्रतिदिन कोरोना महामारी फैलिदै गइरहेको छ।सारा विज्ञान औषधि बनाउनमा दिनरात जुटेका छन् । तर अफसोस अहिलेसम्म कोई सफल हुन सकेका छैनन् । केही सफलता हात आएको छैन ।
लकडाउन फेरि लम्बिएको छ। ‘ घरमा बसौ सुरक्षित रहौ’ भनेर प्रचारप्रसार गरिएको छ। शत्रु अदृश्य छ। भनिन्छ शत्रु अदृश्य भए लुक्नु नै उत्तम उपाय हो। हुनत संसारसँग अर्को उपाय पनि छैन । संक्रमित व्यक्तिको थुकको नदेखिने थोपाबाट पनि सर्ने यो रोग अति नै घातक छ। घरमा एकजना संक्रमित भए परिवारलाई नै आफ्नो कब्जामा लिन्छ । त्यसैले सामाजिक दूरी राखौ। घरीघरी हात सेनिटाइज गरौ। मास्कको प्रयोग गरौ। सकभर बाहिर ननिस्कौ। यो विषाणु आफै आउदैन। मान्छेले बाहिर गएर यसलाई लिएर आउँछन् भनेर सरकारी र गैरसरकारी संस्थाहरुले नागरिकलाई जागरुक गराइरहेका छन् । लकडाउनको कारण मान्छेको जीवन अस्तव्यस्त भएको छ। स्कुल कलेज बन्द भएकाले बच्चाहरुलाई चौबीसै घण्टा घर भित्र बस्नु परेको छ। वृद्व,जवान र बच्चा सब निसासिएका छन् । लामो लकडाउनको कारण दैनिक उपभोगको समान पाउनु गाह्रो भएको छ। महँगी त्यस्तै बढेको छ। अति नै संवेदनशील घडी छ। विश्वमै त्राहिमाम छ। परमाणुको धाक लगाएर बस्ने राष्ट्रहरु विषाणुको अगाडि घुँडा टेकेका छन्। बच्चा होस् कि बूढो, ज्ञानी होस् कि मूर्ख, धनी होस् कि गरिब कसैलाई छोडेको छैन । सबैलाई संक्रमित बनाएको छ। विश्वको नै सारा काम ठप्प भएको छ।
दैनिक ज्याला गरेर बाँच्ने मजदुरहरूको जीवन अति नै कष्टकर हुन गएको छ। उनीहरूको घरमा एक माना चामल छैन। एक दाना दाल छैन। स-साना बच्चा छ। के गर्लान् उनीहरू ?
कसरी आफ्नो जीवन बिताउलान् ? सरकारले राहतको व्यवस्था त गरेका छन् । तर त्यो समयमा पुग्न सकेको छैन । त्यसको पनि सही वितरण हुन सकेको छैन। के भएको होला मानिसलाई ? राहतमा पनि भ्रष्टाचारको गन्ध आउन थालेको छ। कतिसम्म स्वार्थी र लोभी भएका होलान् ? के साच्चैमा उनीहरू भित्र करुणा र दयामाया छैन ? के विपन्न, असहाय र गरिबको कुनै जीवन नै छैन ? यस्तो विषम परिस्थितिमा एकले अर्कोलाई साथ दिने हो। एक अर्कोको सुखदुःखमा सहभागी हुने हो । आफ्नो चुलो सँगसँगै अरुको चुलो पनि बलोस् भन्ने तिर लाग्ने हो। यस्तो भए पक्कै पनि हाम्रो जीत र कोरोना विषाणुको हार हुनेछ।
‘माँ खाना पाक्यो’, भनेर अनुजको आवाज सुनेर जमुना सोचको दुनियाँबाट वास्तविक दुनियाँमा आएछ। खानपिन सकाएर औछ्यानमा आमा र छोरा सुत्न पुगेका छन् ।
‘ माँ हाम्रो रिजल्ट कहिले आउँला?’
‘ यस्तो परिस्थितिमा के रिजल्ट आउनु ? लकडाउन सकिए पछि आउँछ होला ?’
‘ अनि हामी के गर्ने माँ ? बाहिर पनि जान पाइदैन। रिजल्ट पनि आको छैन । साथीसँग पनि भेट्न पाइदैन । अनि मैले गर्ने के त ?’ अनुजको आवाजमा दर्द लुकेको थियो।
‘ त्यसो भन्नुहुन्न बेटा । लकडाउन त हाम्रै कल्याणको लागि हो।” अनुज प्रश्नको आँखाले जमुनालाई हेर्छिन्।
‘कोरोना महामारीसँग बच्नको लागि पो लकडाउन हो। बेटा पुस्तकहरु पढनको लागि लकडाउन छैन। सिर्जनात्मक काम गर्नको लागि लकडाउन छैन । केही सिक्नको लागि लकडाउन छैन। कल्पनामा डुबेर केही सिर्जना गर्नको लागि लकडाउन छैन। योग र ध्यानको लागि लकडाउन छैन।साथीसँग वार्तालापको लागि लकडाउन छैन । माँ सँग मिलेर घरको काम सिक्न लकडाउन छैन ।’
‘ सरी माँ । आ एम रँग् । लकडाउनमा पनि थुप्रै काम गर्न सकिन्छ । थुप्रै काम सिक्न सकिन्छ’ भनेर अनुजले जमुनालाई समाएर सुत्न पुग्यो।
आज कैयौं मानिस अलपत्र परेका छन्। आफ्नो घरसम्म पुग्न सकेका छैनन् । कैयौं म जस्तालाई घरभेटीले कोठा छाड्न दबाब दिरहेका छन् । जसो कि हामीसँग नै कोरोना महामारी हो । कतिजना खानाको खोजीमा बाहिर निस्कन मजबुर छन् । बिरामीलाई अस्पतालसम्म पुग्न साधन छैन।अस्पतालमा खटिएका ईश्वररुपी डाक्टर र स्वास्थ्यकर्मीसँग आवश्यक सामग्री छैन । उनीहरू आफ्नो ज्यान जोखिममा राखेर रोगीको ज्यान जोगाउदै छन्।
दुनियाँ पनि कस्तो अजीब। कोही अरुको लागि मर्दैछन् भने कोही अरुलाई मार्न खोज्दैछन् । साँचिनै यही धर्तीमा परोपकारी पनि छन् त विध्वंसकारी पनि छन् ।
सुरक्षाकर्मीहरु जनताको सुरक्षाको लागि बाहिर बाहिर खटिएका छन्। दुनियाँ पनि कस्तो अजीब। कोही अरुको लागि मर्दैछन् भने कोही अरुलाई मार्न खोज्दैछन् । साँचिनै यही धर्तीमा परोपकारी पनि छन् त विध्वंसकारी पनि छन् । कसैले विपन्न, असहाय र गरिबको लागि खाने बस्नेको व्यवस्था व्यक्तिगत इच्छाले गरिरहेका छन् भने कसैले राहतको समानमा पनि बइमानीको नजर गाडेका छन् । किन नबुझेका होलान् सम्पत्ति भनेको हिजो अरु कसैको थियोे भने आज अरु कसैको छ र भोलि अरु कसैको होला । मरेर केही साथ लानु छैन । त्यसैले आफू पनि बाँचौ अरुलाई पनि बँचाऔं ।
जमुना साेच मग्न छिन् ।
‘हैन मलाई अचेल के भएको होला ?’
अब निदाउनु पर्छ । समाल्दै जमुना निदाउन खोज्छिन्, ९९, ९८, ९७ … …
घाम लागि सकेको थियो । जमुनाको कोठामा झ्यालबाट घाम छिरेर उसको कोमल बदनलाई स्पर्श गरिरहेकाले जमुनाको आँखा खुलेछ। मोबाइल हेर्दा त बिहानको आठ बजिसकेको रहेछ। ओछ्यानमा अनुजलाई नहेरेर मनमनै मुस्कुराउछिन्। बाबू त उठिसकेको रहेछ। अनुज ट्रेमा पानी र चिया लिएर जमुना निर आइपुग्छ।
‘माँ चिया।’
जमुना ट्रे लिएर टेबलमा राख्दै अनुजको हात समाएर आफू नजिकै बसाउदै,’ मेरो बेटा यस्तो ज्ञानी भएको ?’
‘माँ चिया खानुस्से, लाउँला।’
जमुना चिया लिएर खान थाल्छिन् ।
‘माँ कस्तो पाक्या छ।’
जमुना हातको औलाले ईशारा गर्दै,’ सो टेस्टी।’
‘थैंक्यु माँ।’
यसरी ढिलो उठे बेटा हातको मीठो चिया खान पाए म अब देखि सधैं ढिलो उठने भए। अनुज हाँस्न थाल्छ। जमुना पनि उसँगै हाँस्न थाल्छिन्।
जमुना भावमा बगेर अनुजलाई गालामा थप्थपाउँछिन्।
खाना पकाउन भनेर भान्सा तिर लाग्छिन् । ताजा
तरकारी त अब सपनी नै भइयो । साग नखाएको पनि धेरै भयो । कस्तो साग खान मन लागेको । मन लागेर के गर्नु ? खै यो कोरोनाले कहिलेसम्म दुःख देला ? संसारलाई नै सुक्ष्म विषाणुले कैद गरेर राखेको छ। सुकेको बाँसी तरकारी पनि कतिको मँहगो ? चामलमा पनि बोरामा दुई सय तीन सय जति पैसा थप लिया छन् । दाल र मसालामा पनि किलोमा पैसा थपिया छ । यहाँ सहरमा ताजा तरकारी पाउन गाह्राे छ भने किसानको तरकारी खेतमा कुहिरहेको छ। पसिना बगाएर उब्जाएको किसानको अन्नबाली खेतमे छ। यदि अन्नबालीलाई घरमा भित्र्याउन सकिएन भने भोलि अर्को संकट थपिएला निश्चित नै छ। किन सरकारको ध्यान गइरहेको छैन ? इंधन जुटाएर थ्रेसर चलाएर सम्बन्धित निकायलाई खटाएर जसरी होस् अन्नबालीलाई किसानको घरसम्म पुर्याइ दिए हुन्थ्यो । किसानको खेतको तरकारीलाई उचित ढंगले व्यवस्थापन गरिए भने तरकारी पनि खेतमा कुहिनबाट जोगिने छ र जनताको अभाव पनि कम हुने थियो । कस्तो गाह्राे ? कस्तो कष्टकर जीवन ? अहिले कोरोना महामारीको कारण सबै निकायको ध्यान यतातिर लागेको छ। हुनु पनि स्वभाविक नै हो । तर भोलिको लागि भूतमा गरिएको परिश्रम त्यसै खेर जान दिनु पनि राम्रो होइन। भनिन्छ अगर चेति चिरञ्जीवी । भोलिको लागि गम्भिर आज भइएन भने अगामी दिनमा भोकमरी महामारी भएर आउनेछ।
‘अनुज ! बाबू ! बेटा ! खाना खान आउ,’ भनेर जमुनाले अनुजलाई बोलाइन् ।
कौसीमा खेलिरहेको अनुज, ‘एक छिन माँ आए’ भनेर बाटोमा कुरा गरिरहेको मानिसहरुको कुरा गम्भिर भएर सुन्दै थियो। उनीहरूको कुरा सुनिसके पछि दौड्दै अनुज कोठामा आए । जमुनालाई समाउदै धुरुधुरु रुन थाले छ ।जमुना अवाक् भइन। के भयो यसलाई ? काखमा बसाउँदै,’ के भो बाबू ? तिमी ठीक त छौ नि ? कही चोटपटक लाग्यो कि ? कसैले केही भन्यो कि ?’
अनुज नाइमा टाउको हल्लाएर उत्तर दिदै थियो ।
‘अनि के भयो छोरा ?’
अनुज जमुनाको छातीमा टाँसिएर झन् आँशु बगाउँदै रुन थाल्छ । आमाको मन । जमुना विचलिए छ। उसले आफूलाई थाम्न सकिन । जमुनाको आँखाबाट पनि आँशु बग्न थालेछ। आफूलाई सम्हाल्दै जमुना अनुजको आँशु पुछ्दै सोधेछिन्, ‘बेटा मलाई भन। तिमीलाई त्यस्तो के भा को ? किन एक्कासि तिमी यसरी रुन थालेको ? तिमीलाई थाहा छ नि तिम्रो आँखामा आँशु तिम्रो माँको लागि असहनिय छ। तिम्रो माँले हरहालातमा तिम्रो हेरचाह गरेको छ।
जहिले पनि तिम्रो लागि बाँच्या छ। कहिले पनि आँखामा आँशु आउन दिएन। अनुज किन यसरी रोको ? मलाई भन छोरा । के भयो तिमीलाई ?’ ,
‘माँ मलाई केही भएको छैन।’
जमुना राहतको सास लिदै,’ अनि किन रो को बाबू ?’
‘माँ मेरो स्कूल जाने बाटोमा एउटा मेरो साथी छ नि त्यसलाई र उसको आमालाई सन्चो छैन रे।’
‘तिमी कसरी थाहा पायौ ?’
‘ म बिहान कौसीमा हुँदा मानिसहरु कुरा गर्दै गइरहेका थिए।आमा र छोरा खाँस्दै छन् । उनीहरू सिकिस्त छन्। उनीहरू कोरोना संक्रमित भएका छन्। दुवैजना कोठामा छट्पटी रहेका छन्। माँ हजुरले केही गर्नु पर्यो । मेरो साथी र उसको आमा बिरामी छन्। संकटमा छन्। उनीहरूलाई उद्वार गर्नुस् माँ । उनीहरूलाई उद्वार गर्नुस् ।’
जमुनाले अनुजलाई माया गर्दै, ‘ तिमी पहिला शान्त होउ बेटा। तिम्रो आमाले कहिले पनि तिम्रो भन्या टारेको छ र ? म तिम्रो साथी र आमालाई बचाउछु बेटा । म उनीहरूलाई अस्पतालमा पुरयाउने छु। उनीहरू निको भएर घर फर्किने छन्। तिमी पीर नगर । तर त्यसको लागि पहिले तिमी रुनुधुनु बन्द गर्नु पर्यो। तिमी छिटो खाना खाउ अनि पो म जान्छु ।’
‘ हुन्छ माँ।’
‘बाबू म नआउनजेल कोठामै बस्नु । कसैले बोलाए पनि बाहिर ननिस्कनु। मोबाइल आफू सँगै राख्नु । मैले फोन गरेको बेला रिसिभ गर्नु । खाजा म पकाउन भियाउदिन। तिमी चिउरा, दही र आचार खाइहाल्नु । चिसो पानी नखानु । तातो पानी थर्मसमा छ त्यही खानु । मलाई बेलुका आउन ढिलो भए राम्ररी बस्नु । मेरो बेटा बहादुर छ। निडर छ। साहसी छ । एक्लै भए पनि डराउदैन। समझदार छ। एक थोपा पनि आँशु झार्दैन। कही बेलुका आउन ढिलो भए भोक लागेमा घरमा भएको जे खान मनलागे खाएर वीर बेटा भएर बस्नु’,भन्दै जमुनाले अनुजलाई दुवै गलामा मुवाई खाएर ढोका बन्द गर्न लाएर बिरामी तिर लागी।
जमुनाले आफू सँग भएभरको पैसा लिएर हिडेकी थिइ। यो भन्दा बढता चाहिएमा के गरुला ? कहाँबाट ल्याउला ? आफूलाई महामारीबाट जोगाउन मास्क र पंजा लगाएकी थिई भने ब्यागमा सेनिटाइजर बोकेकी थिईन्। कोरोना महामारीमा ज्वरो बढी हुने भएकोले आफूसँग सिटामोल पनि लिइराखेकी थिई।
बिरामीको घरमा पुग्दा आमा र छोरी दुवै नाजुक स्थितिमा थिए। जमुनाको आँखाभरि आँसु आयो। कस्तो दर्दनाक दृश्य ? हात छाम्दा दुवैलाई ज्वरो ।घर खाली खाली।
जमुनाले चाल पाई सकी जे यिनीहरू भोकै पनि छन्। जमुनाले चिया, बिस्कुट र औषधि खुवाइन् । उनीहरूलाई केही राहत भयो ।अब अस्पताल यिनीहरूलाई कसरी पुरयाउनु ? जमुनासँग कुनै उपाय थिएन । नजिकका मानिसहरुसँग सहायता माँगिन् । कोई पनि अगाडि आएनन् । घरधनीहरुसँग गाडीको सहायता माँगे। कसले दिन तयार भएनन् । बाटो हिडिरहेका बटुवालाई गुहारे। कसैले साथ दिएनन् । लकडाउनमा कुनै गाडी थिएन। जमुनाले बच्चालाई काखमा बोकी र आमालाई काँधको सहारा दिएर अस्पतालतिर लागिन्। बिस्तारै बस्दै उठ्दै अस्पतालमा पुगिन्। आमा र छोरीलाई डाक्टरको जिम्मा लाए पछि जमुनाले राहतको सास फेरिन् ।
‘डाक्टर यिनीहरूलाई निको पार दिनु पर्यो । सिकिस्त छन् । ‘ जमुनाको आवाजमा दर्द र थकान थियो।
उनीहरूलाई आइसोलेसन वार्डमा लगियो । जमुना बाहिर बसेर डाक्टर र नर्सलाई कुरी रहे। डाक्टर र नर्ससँग सोध्दा हामी चेकजाँच गर्दैछु भनेर जवाफ दिन्थे। तपाई घर जानुस्हा, हामी छौ भनेर भन्थे । साँझ पर्न लागेको थियो ।उता अनुज घरमा एक्लै थियो । यहाँ बसेर पनि केही गर्न दिएको छैन। बारम्बार घर जान नै भनिरहेकाले जमुना घर तिर हिँडी। अनुज झ्यालबाट जमुनाको बाटो हेर्दै थियो । कति बेला माँ आउनुहुन्छ भनेर । जमुनालाई देखे पछि अनुज जमुनाको नजिक आउन खोज्यो तर जमुनाले अनुजलाई आफुबाट टाढा राखेर हात सेनिटाइज गरेर बाथरुममा गई साबुनपानीले हात मुख धोएर कोठा भित्र छिरी।
‘माँ साथी कहाँ छन् त ?’
‘अस्पतालमा छोरा। तिमीलाई भोक लाग्यो होला म खाना पकाउछु।’
‘हैन माँ छोड दिनुस् । खाना नपाकाउनुस। हजुर थाकेको हुनुहुन्छ । हजुर आराम गर्नुस् । म चाउचाउ पकाउछु। त्यही खाएर सुतौला।’
अनुजको कुरा सुनेर जमुनाको अनुहारमा हाँसो आउँछ । उ आफ्नो सबै थकान बिर्सिन्छिन् । खाना खाएर दुवै आमा र छोरा सुत्न गए। आमा र छोरा दुवैको चिन्ता एउटै थियो । कसरी उनीहरू सन्चो होलान् ? कहिले घर फर्किएलान् ?
‘ माँ किन कोरोनाले मानिसलाई यति धेरै दुःख दिएको होला ?’
‘बाबु यो पृथ्वी सबैको साझा घर हो। जति मानवको हक र अधिकार छ उतिनै अरु जीव जन्तुहरुको पनि छ। मानिस यो पृथ्वीको सबैभन्दा श्रेष्ठ विवेकशील प्राणी हो। विषाणुलाई त केही थाहा छैन तर मानिससँग विवेक छ। चेतना छ। बुद्धि छ। ज्ञान छ। उ आफै सतर्क भएर बस्नु पर्ने हुन्छ । आज मानिसलाई कोरोनासँग रिस उठिरहेको छ। जो स्वभाविक हो । उ एउटा सुक्ष्म किटाणुले विश्वलाई संकटमा पार दिएको छ। उसको अगाडि मानिस विवश छन् । सबैलाई मृत्युको मुखमा धकेल्दै छन्। उ नरसंहारीको रुपमा देखिदैछ। थाहा छैन कसरी इ भयानक विषाणुबाट मान्छेको कल्याण होला ?
यदि यो पृथ्वीको अन्य बासीले मानिससँग मलाई किन तिमीहरूले यतिका दुख दिएको भनेर सोध्यो भने मानिसले के जबाफ देला ? आज मानिसका कारण अन्य अरु सबै जीवहरु पीडित छन् । मानिसहरुले उनीहरूलाई स्वतन्त्र भएर बाँच्न दिएका छैनन् । हावामा प्रदुषण छ। पानी प्रदुषित छ।पृथ्वीको तापक्रम बढदै गइरहेको छ। हिउँ पग्लिदै गइरहेको छ। पृथ्वी मुनिको पानी सुक्दै गइरहेको छ। वनजंगल विनास हुदै गइरहेको छ।जलचरको प्राण संकटमा छ। पशुपंक्षीको गाँसबाँस सखाप हुदैछ । यति मात्रै हो र ? आकाशमा भएको ओजोन सतह जसले पृथ्वीका प्राणीलाई घातक रोगहरुबाट बँचाउछन् त्यसमा समेत प्वाल परिसकेको छ।
तिमीलाई थाहा नहोला यो कोरोना घातक भएपनि मानिसलाई धेरै कुरा सिकाउँदै छ र धेरै राम्रो कुरा दिएको पनि छ। यसले गर्दा वातावरणमा प्रदुषण कम भएको छ। पृथ्वीको कम्पन कम भएको छ। नदीनाला स्वच्छ भएको छ। मानिसलाई अहंकारको दुनियाँबाट टाढा लग्दै छ। गाउँको महत्त्व थाहा भएको छ। ओजोन सतहको प्वाल पुरिदैछ। पैसा नै सबै थोक होइन भनेर थाहा भएको छ। मानवताको पाठ सिकाउँदैछ।’ अनुज निदाएको थाहा पाएर जमुना पनि निदाउने कोशिश गर्छिन् ।
यो लकडाउनमा अरुलाई आराम थियो तर जमुनाको दिनचर्या व्यस्त र पीडादायी थियो । अस्पताल हिड्दै जानू र हिड्दै घर फर्किनु जमुनाको दैनिकी भएको थियो। आज डाक्टरले घर लग्नु भन्ला कि भन्ने आशमा सधै अस्पताल पुग्थिन्।
जमुनालाई छिटै आएको देखेर अनुज खुशी थियो । जमुनाले अनुजको साथीलाई हातखुट्टा सेनिटाइज गरि अनुजको लुगा लाइदिएर आफू पनि साबुनपानीले हातमुख धोई अर्को लुगा लगाएर कोठा भित्र गई । अनुज सँगै अनुजको साथीलाई बसाएर आफू पनि बसी। घरमा सब चुपचाप थिए।अनुजले साथीलाई एक्लै हेरेर सोधेछ,’ आन्टी खोइ ?’
‘मेरो आमालाई कोरोना भाइरसले लग्यो अनुज।अब म को सँग बस्ने होला ? कहाँ जाने होला ? कसलाई आमा भनेर बोलाउने होला ?’ आवाजमा आमा गुमाएको दर्द र आफ्नो भविष्यको चिन्ताको पीडा थियो ।
अनुजको कलिलो मन पनि रुन थाल्यो । आँखाबाट आंशु बग्न थाल्यो । जमुनाले पनि आफूलाई रोक्न सकिन । आफ्नो आँसु पुछ्दै, ‘त्यसो भन्नू हुन्न बेटा। तिमी अनुज सँगै बस्छौं ।आजदेखि मेरो दुईवटा सन्तान । एउटा छोरा र अर्को छोरी’ भनी दुवै हातले दुवैलाई समाइन्। जमुनाको आँखा शून्यलाई हेर्दै थियो । थाहा छैन
कति बच्चा अनाथ होलान् ? कति परिवार बेसहाय होला ? भविष्य त अझै पीडादायी हुनेछ। भोकमरीको महामारी आउँला। चारैतिर लुटपाट मचिएला। कति देशको त वर्चस्व पनि जोगाउन कठिन होला ?
हो यो भन्दा पहिला पनि महामारी आएको हो।
करोडौं मानिसको मृत्यु भएको हो। तर त्यो बेला सचेतनाकको कमी थियो। जागरुकताको कमी थियो । जानकारीको कमी थियो। श्रोत र साधनको कमी थियो । तर अहिले हामीसँग स्राेत छ। साधन छ। जानकारी छिटोभन्दा छिटो हामी कहाँ पुग्छ। हरेक कुराको दुईवटा पक्ष हुन्छ । सकारात्मक सोचौ। हामी अवश्य सफल हुन्छौं।
जनकपुरधाम-४,धनुषा
sudhasuyog@gmail.com
Copyright © 2024 Bikash Media Pvt. Ltd.
बहुत सुंदर,सांदर्भिक और शिक्षाप्रद कहानी जिसमें मानवीय मूल्यों की रक्षा के साथ-साथ नवीन परिस्थिति में जीने के रास्ते भी बताए गए हैं ।
Thank you so much for writing a highly relevant, sensitive, instructive and interesting story !
Super story
wow!
nice article
Dherai ramro Supernatural story chha,
Please write more story ….
परिवर्तनको नाममा वास्तविकता भन्दा फरक आधुनिक जीवनशैलीमा बाँच्ने मानिसको मानवता संग संबन्ध हराएको अवस्था र वर्तमान अवस्थामा वैश्विक महामारीले संसार लाई अनेक प्रकारले एकैसाथ लगभग ध्वस्तै पारिदिएको यथार्थ चित्रण गरिएको छ भने “हिम्मते मर्द,मदते खुदा” भने झैं यस्तो विकराल अवस्था भन्दा झन् खतरनाक अवस्थामा पनि कसरी बाँच्ने र “जान है तो जहान है” भनाई लाई अझ थुप्रै कुराहरु समेटेर तयार गरिएको यो लघुकथा अत्यन्तै रोचक, तथ्यपरक र ज्ञान वर्धक लाग्यो । धन्यवाद !
Good one !
समय सापेक्ष। मानवताको अदभुत नमुनाको पेशकश। अति सान्दर्भिक रचना।
Good thought
Very nice
Very nice story
अति उत्तम बिचार समय सान्दर्भिक छ
Commendable! Worth read article!
Reality of society . Overall it is supeeeeeeeer se uper.
बहुत बहुत निक लेख
Nice article
Nice story
Nice Article..Best Wishes
समाजको वास्तविकता बोकेको निकै सुन्दर कथा..
बहुत बहुत बधाई
समाजको वास्तविकता भरिएको सुन्दर कथा..
समाजको वास्तविकता भरिएको सुन्दर कथा
Very nice sensitive emotional and interesting story for social welfare
Nice Article Sudha memorable
समय सापेक्ष लेख… भविष्यमा अझ यस्तै लेखहरु को अपेछा गर्दछु…
Nice article mam
Best story
सत्य र समाजिक सचेत्नात्मक लेख
सन्देश मुलक
समय सापेक्ष लेख… भविष्यमा अझ यस्तै लेखहरु को अपेछा गर्दछु…तपाईंको यस्तो लेखले समाजमा थुप्रै लाई सहयोग हुनेछ भनी आश गरेको छु
हजुर धेरै धेरै धन्यवाद
श्रीराम साह
बिराटनगर मोरङ
समाजको वास्तविकता एकदम यर्थात ,समसमायिक र धेरै राम्राे प्रस्तुति ।
समय ले खोजे अनुसार
#wowwow what a realistic situation portrayed #sudhamishrajha
समय सान्दर्भिक तथा मानवीय मूल्यमान्यता स्थापनार्थ करबा लेल कथा सहयोगी हायत। कथाकार केँ बहूत धन्यवाद ।
अत्यन्तै समयशान्दर्भिक लेख।।
keep it on ma´am
मार्मिक विचार
Great…..
Nice story
Very informative and heart touching