२०७७ वैशाख २१ गते १४:५३ दिपेन्द्र कुमार बि.सी
विगतमा हैजा, ज्वरो, झाडापखाला, औंलो रोग आदि विभिन्न महामारीको सामना गरेका नेपाली जनतादेखि स्वाइनफ्लु, इबोला भाइरस, जिका भाइरस आदि विभिन्न विश्वमहामारी रोगसँग सामना गरि जित्दै आएको विश्व मानव जाति अहिले आएर विश्वमहामारी कोरोनो भाइरससँग लडरिहेको छ। कोरोना महामारीले विश्वमानव जातिलाई शारीरिक, सामाजिक, आर्थिक, मानसिक तथा दैनिक जीवन निर्वाहमा प्रत्येक्ष प्रभाव पारेको छ। प्रकृति मानवजातिको निम्ति बरदान हुँदाहुँदै हामी मानवजाती हर जीवदेखि, व्यक्ति- व्यक्ति, समाज- समाज, राष्ट्र- राष्ट्र बीच कृतिमाताको प्रतिस्पर्धा गर्दैँ जाँदा, विश्वमा मानवजातिले नै प्रकृतिमाथि कृतिमाताले जित्न खोजिरहन लाग्दा, मानवले मानवजातिको स्वास्थ्य माथी हेलच्क्रयाँई गर्दा, २१ औँ शताब्दी अर्थात विज्ञान तथा प्रविधिको युगमा कोरोना भाइरस मानवजातिको अस्तित्वसंग युद्ध गरिरहेको छ। जसका कारण आज विश्व भयानक संकटमा परेको छ। ३० डिसेम्बर २०१९ मा चिनको वुहान बाट देखापरेको कोरोना भाइरस (कोभिड १९) विश्व महामारीको रुपमा विश्वभर हालसम्म २१३ देशमा देखापरी सकेको छ। विश्व स्वास्थ संगठनले कोरोना भाइरसलाई विश्वमहामारीको रूपमा ११ मार्च २०२० मा घोषणा गरिसकेको छ। विश्व स्वास्थ संगठनको पछिल्लो तथ्यांकअनुसार लेख लेख्दा सम्म विश्वमा २०,७४,५२९ लाई संक्रमण भएको र १,३९,३७८ जना कोरोना विरुद्धको लडाइमा हारेर मृत्युवरण गरिसकेका छ्न। कोरोना भाइरस हावा,पानी, बस्तु,व्यक्ति बीचको समवन्यता र सम्पर्कले सर्ने गर्दछ।
कोभिड १९ एकपछि अर्को हुँदै सर्ने क्रममा नेपालमा देखापरिसकेको छ। दैनिक जसाे काेराेना संक्रमितकाे संख्या नेपालमा पनि बढ्दै गएकाे छ । नेपाल सरकारले २०७६ सालको फागुन अन्तिम हप्ता र चैतको पहिलो हप्तामा भारत तथा हवाई सेवा मार्फत बिदेशबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न नसक्दा भाइरस संक्रमण तथा महामारीको लक्षण देखापरेको हो। कोरोना भाइरसले विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स लगायत युरोपेली देशहरूमा भयावह रुप लिएको छ। प्रत्येक दिन हजारौँ मान्छेको ज्यान गएको छ। नेपालको उतर छिमेकी राष्ट्र चिनले महामारी नियन्त्रणमा केही सफलता हासिल गरेपनि भारतमा भाइरस संक्रमण बढिरहँदा र नेपालमा पनि एक पछि अर्कोमा संक्रमण हुने अवस्था देखापर्दा नेपाललाई कोरोना महामारीबाट बचाउन नेपाल सरकारले २०७६ चैत ११ गते देखि चैत २५ गतेसम्म पहिलो पटक र द्रोसो पटक २०७७ बैशाख ३ गतेसम्म लकडाउन घोषणा गर्यो तर संक्रमण तथा संक्रमित संख्या बढिरहँदा पटक पटक लकडाउन बढाउँदै लगेकाे छ । कोरोना भाइरस नियन्त्रणको लागि सबैभन्दा उपयुक्त कदम भनेकै लकडाउन घोषणा गरेर एकान्तमा सुरक्षित भएर बस्नु हो। हालसम्म कोरोना रोकथामका लागी कुनै औषधि तथा खोप पत्ता लाग्न सकेको छैन। छुट्टै ग्रहको बसाई, अर्कै संसारको जिवनलाई साकार पारिरहन लागेको बिज्ञान तथा प्रबिधिको युगलाई कोरोना भाइरसले महामारी विरुद्धको खोप तथा औषधि बनाउनको निम्ति ठुलो चुनौती दिईरहेको छ। बैज्ञानिकहरु महामारी नियन्त्रणको निम्ति औषधि तथा खोपको खोजी र प्रक्षेपण गरिरहेका छ्न।
कोरोना भाइरसको संक्रमण हुँदा १०४ डिग्री भन्दा उच्च ज्वरो आउने, निरन्तर हाँच्छ्यु तथा सुख्खा खोकी लाग्ने, स्वासप्रश्वास फेर्न ग्राहो हुने जस्ता लक्षणहरु देखापर्दछ्न। यो रोगको लक्षण देखापर्न संक्रमणको १४ दिन अथवा १४ दिनभन्दा बढी समय लाग्ने गरेको पाइन्छ। रोगको परिक्षण र्यापिड टेस्ट भन्दा पनि पि सि आर टेस्टबाट संक्रमित भए नभएको आधिकारिक रूपमा पत्ता लगाउन सकिन्छ। नेपालमा विभिन्न जिल्लामा पिसिआर टेस्ट
अहिलेसम्म संचालन गरिएको छ। कोरोना लागेका सबैको मृत्यु नहुने तर दीर्घरोगि, बृदबृदालाई, बालबच्चालाई भने बढी प्रभाव पार्ने डाक्टरहरु बताउने गर्दछ्न। अहिलेसम्म कोरोना भाइरसले वर्ग, वण, लिंग,भूगोल फरकफरक भएका कसैलाई छोडेको छैन । जो रोगिहरुको सम्पर्कबाट टाढा हुन्छ, रोगिको लसपसबाट टाढा हुन्छ रोगबाट बच्न उपयुक्त स्वास्थ्य उपायहरु साबुन पानीले मिचिमिची पटक पटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मान्छेको भिडभाडबाट टाढा रहने, लामाे यात्रापछि क्वारेन्टाइनमा तथा घरमै बस्ने, बाहिर निस्किदाँ मास्क प्रयोग गर्ने, व्यक्ति बीचको १ मिटरको दूरि कायम गर्ने जस्ता रोगबाट बच्ने उपाय जसले अपनाउछ, उ सुरक्षीत रहन सक्छ। रोगसँगको लडाइँमा जससँग रोगप्रतिरोधात्मक शक्ति बढी हुन्छ, दीर्घरोगहरुबाट सुरक्षीत हुन्छ र स्वास्थ्य उपचार समयमै प्राप्त गर्छ उसले कोरोनालाई भने जित्न सक्छ। कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन विश्वका विभिन्न राष्ट्रहरु, विश्व स्वास्थ्य संगठन तथा विभिन्न निकाय लागिपरेका छन।
अहिले विश्वका अधिकांश राष्ट्रहरुमा लकडाउन र कर्फ्यु घोषणा गरिएको छ। विकसित, विकासोन्मुख, अविकसित सबै राष्ट्रमा महामारी फैलिदा र लकडाउन घोषणा गर्दा विश्व स्वास्थ्य, सामाजिकसंगै आर्थिक संकटमा परेको छ। जसको प्रत्येक्ष प्रभाव हामीले नेपाल भित्रै भोगिरहेका छौँ। नेपालको अर्थतन्त्रको आधारहरु बस्तुको आयात र निर्यात व्यपार,वैदेशिक रोजगार, देशका विभिन्न सरकारी कामकार्य मार्फत आउने राजस्व, पर्यटन व्यवसाय, कृषि उत्पादन र बजारीकरण, यातायात, संचारका स्रोतसाधनको प्रयोग आदि आर्थिक संकलनका क्षेत्र चौपट्टै हुँदा अर्थतन्त्र धराशयी हुन पुगेको छ । एक तथ्यांकका अनुसार नेपालमा प्रति दिन साढे २ अर्बको आर्थिक घाटा हुनेगरेको पाइन्छ र यो दर अझै बढदै जाने अवस्था छ। अन्तराष्ट्रिय मुद्रा कोष (आएमएफी) का अनुसार विश्व अर्थतन्त्रमा तीन प्रतिशतले गिरावट आउने र सन १९३० भन्दा यताकै सबैभन्दा बढी गिरावट हुने जनाएको छ। नेपालको अर्थतन्त्रमा चरम संकट देखा पर्दैछ। चालू रकम अत्याधिक बढी खर्च हुने र पुँजी खर्च अत्याधिक कम खर्च हुने परिपाटीले गर्दा पुजीगत बजेट वर्षै पिच्छे फिंज भैरहन्छ। उक्त रकमलाई यतिबेला भाइरस रोकथाम र नियन्त्रणको निम्ति प्रयोग गर्नुपर्छ। लकडाउनका कारण श्रम गरि खाने, काम गरि दैनिकी टार्नेहरु भोकमरीको उच्च जोखिममा परेका छन्।
त्यस्तै सहरमा अध्ययनलाई आएका विद्यार्थीहरु सँगै सम्पूर्ण नेपालीहरुको दैनिकी जोखिममा परेको छ। उनीहरुलाई राहत वितरण,खाद्यान्न, रोग नियन्त्रणलाई स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको व्यवस्थापन, क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्थापनको खर्चमा बजेट प्रयोग गर्नुपरेको हुँदा र देशको राजस्व, महशुल, ब्याजहरुमा केहि छुट र ढिलो जम्मा हुने हुँदा आर्थिक बचत कम र खर्च बढी हुँदा आर्थिक संकट देखापर्ने अवस्था छ। विश्वका सर्वहारा वर्गहरु बिचल्लीमा परेको छन् । नेपाल भित्र रहेका मजदूर, बिपन्न वर्गलाई राहत वितरण गरिरहँदा पनि केही ठाउँमा स्थानीय सरकारले घोटाला गरेका, वास्तविक मजदूरको पहिचान नगरी आफन्तजनहरुलाई बाँडने, पार्टीकार्यकर्तालाई बाँडने, मजदुरलाई राहत वितरण गर्दापनी निर्वाचनको भोट र राजनीतिक पार्टीको इशु जोडने गरेको देखिन्छ। त्यस्तो गैरजिम्मेवार काम गर्नेलाई कारबाही गरिनुपर्छ। केन्द्रिय सरकारले चालेका कदम राम्रो छ थप पारदर्शी तथा प्रभावकारी बनाउनुपर्छ। देशभित्र मात्रै नभएर देश बाहिर रहेका नागरिकको जीवन निर्वाह र उनीहरुलाई बचाउनको निम्ति सरकारले अन्य राष्ट्रहरुसँग पहली कदम चाल्नुपर्ने नै हुन्छ।
कोरोना महामारीबाट बच्ने र बचाउने हामी सबैको लक्ष्य हो। यस संक्रमणको समयमा विश्वका सम्पूर्ण राष्ट्रहरु कोरोना महामारी नियन्त्रणको निम्ति एक्यवद्धता भएर एकाअर्कालाई सावधानिक पूर्वक सहयोग गर्नुपर्ने समय हो। विश्व स्वास्थ्य संगठन कोरोना महामारी नियन्त्रणको लागि विश्वभर लागिपरेको छ। यस समयमा अमेरिका जस्तो पुँजीपति राष्ट्रले विश्व स्वास्थ्य संगठनलाई दिने आर्थिक सहयोग कटौती गर्ने निर्णय कोरोना विरुद्धको विश्व मानवजगतको लडाइँलाई कमजोर पार्न खोज्नु हो। जसले गर्दा विश्व स्वास्थ्य संगठनले मानवजातिको जीवन बचाउनलाई चालेको कदम माथि धक्का हो। जसले मजदूर वर्गको संख्या बढी भएको हाम्रो जस्तो देशलाई प्रत्येक्ष असर पर्नजान्छ। जतिबेला चीनमा कोरोना संक्रमण देखापरेर फैलियो त्यतिबेला विश्वका धेरैजसो राष्ट्रले कुनै मतलब राखेन्न, विश्व स्वास्थ्य संगठनले विश्व जोखिममा छ भन्दा पनि व्यवास्ता गरे, बरु भाइरसको नाममा चिनियाँ भाइरसको संज्ञा दिए । अमेरिका जस्तो राष्ट्र गम्भीर हुन नसक्दा आज विश्वमा कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको छ। आजको अवस्थामा रहेको इटली, अमेरिका, तथा युरोपेली मुलुकहरु जस्तो भयावह रुप कुनै पनि बेला नेपालमा देखापर्न सक्छ। जतिसक्दो बढी भन्दा बढी संयमित हुनुपर्छ।
नेपाली जनताहरुले सरकारले घोषणा गरेको लकडाउनलाई कार्यनयन गरि शान्त भएर बसिरहेका छ्न् तरपनि नागरिकहरुमा अत्यावश्यक सेवा र खाद्यान्नको जोखो सरकारले गरिदिनुपर्ने हुन्छ। रोगको संकट नियन्त्रणको मैदानमा भोगको संकट पैदा हुन दिनुहुँदैन। महामारी नियन्त्रणलाई दिनरात घाम, पानी, भोग, प्यास नमानी लागिपरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा स्वयंसेवकहरुलाई भने हामी सबैले सम्मान गर्नुपर्ने हुन्छ। यतिबेला विभिन्न व्यक्तिहरुले सरकारी क्षेत्रबाट लिएका विभिन्न सेवाहरु कटौती गर्दै आर्थिक मजबुतिका साथ महामारी नियन्त्रणमा केन्द्रित गर्नुपर्छ। यतिबेला मजदूर वर्ग काम गर्ने र खाने अवस्थामा नहुँदा कसले देला र खाउँला भनी मुख ताकेर बसिरहेकाछ्न। रोग नियन्त्रण कहिले हुन्छ आकलन गरेर भन्न सक्ने अवस्था छैन। खोपहरु परिक्षण जारी नै हुँदा कोरोना महामारीले आजको यो स्थितिमा भोलि कसलाई कुन अवस्थामा पुर्याउने हो भनेर सबैमा तरंग पैदा भैइरहेको छ। विश्वमा शक्तिशाली राष्ट्र को देखिन्छ ? चीनमा फेरि कोरोना महामारी फैलिन सक्ला कि नसक्ला ? अमेरिका कुन अवस्थामा पुग्ला ? चीनको अबको कदम के होला ? युरोपेली राष्ट्रहरुको आधुनिकता कुन मार्गमा पुग्ला ? मानवजातिको जीवनमा यो भन्दा थप चुनौती झेल्नुपर्ने हो कि ? मानव अस्तित्व कुन अव्यवस्थामा पुग्ला ? जस्ता जिज्ञासाहरु विश्व राजनीतिक चेतना भएका मान्छेहरुमा उठेको छ।
देशमा लकडाउन्नको समय अवधि बढिरहँदा,संक्रमितहरु फेला परिरहँदा, विश्वमा हजारौंको मृत्यु र हजारौंलाई संक्रमण बढिरहँदा विश्व मानवजाती त्रसित छ भोलि के हुने हो ? हाम्रो भविष्य के हुँदैछ ? भनेर चिन्तित छ्न्। विश्वमा रहेका श्रमजीवीहरु कहिले श्रम गरेर खान मिल्ला, स्वास्थ्यकर्मीहरु कहिले महामारी नियन्त्रणमा आउँला र दिनरातको संघर्षको मैदानबाट आराम पाउँला, सुरक्षाकर्मीहरु कहिले यो त्रसित वातावरणबाट मुक्ति मिल्ला, सञ्चारकर्मीहरु कहिले जनमानसमा गएर सूचना, सञ्चार सम्प्रेषण गर्न मिल्ला, राजनीतिकर्मिहरु कहिले जनताको बीच सभा र भेलामा गएर बोल्न मिल्ला, चालकहरू कहिले खुल्सत रुपमा सवारी साधन चलाउन मिल्ला, व्यपारिहरु कहिले निर्धक्क रुपमा व्यपार गर्न मिल्ला, बालबालिकाहरु कहिले साथिहरुसँग मिलेर खेल्न मिल्ला, विद्यार्थीहरु कहिले बिद्यालय जान मिल्ला ? अन्य समूहरु आफ्नो जिम्मेवारी सन्तुष्टिका साथ कहिले पूरा गर्न मिल्ला भनेर भोलिलाई कुरेर बसिरेहेका छन। त्योभन्दा पनि के हामी कोरोनाबाट त जोगिन सक्छौँ ? हामी बाँचछौँ ? भनेर चिन्ता गरिरहेका छन। यही कुरा यतिबेला नेपालि जनतासँगै विश्वभरका जनतामा खुल्दुली चलिरहेको छ।
दैनिकी टार्न सहर, बजार तथा परदेश पुगेको मजदुरहरु भने अलपत्रमा छ्न्। सपनाका भारी बोकेर सहर पढ्न पुगेका गाउँका विद्यार्थीहरु पनि अलपत्रमै छ्न्। तिनहरुलाई उद्दार र राहत प्रदान स्वच्छ रूपमा गरिनुपर्छ।
नेपालमा संक्रमित संख्या बढीरहँदा, हालसम्म भाइरस विरुद्धको लडाइँमा कसैले हार स्वीकार्नु परेको छैन तर कतै कुनै कमि कम्जोरिले हारिने हो कि ! भनेर विभिन्न व्यक्तिहरुले आकलन गरिरहेका छ्न। आफू पनि बचौँ अरुलाई नि बचाउ भन्ने हेतुले नेपाल सरकारले गरेको लकडाउनले भाइरस नियन्त्रणमा अत्यधिक सहयोग पुगेको छ। तर पनि दैनिकी टार्न सहर, बजार तथा परदेश पुगेको मजदुरहरु भने अलपत्रमा छ्न्। सपनाका भारी बोकेर सहर पढ्न पुगेका गाउँका विद्यार्थीहरु पनि अलपत्रमै छ्न्। तिनहरुलाई उद्दार र राहत प्रदान स्वच्छ रूपमा गरिनुपर्छ। तर कोरोना महामारीबाट बच्न र बचाउन गरेको लकडाउनका कारण भने अधिकांश मान्छे गाउँपुगे, अझै पनि गाउँजान प्रयत्न गरिरहेका छ्न। दिनहुुँ दिन हिडेर पनि गाउँ पुग्दा, गाउँ कोरोनाको जोखिममा पुगेपनि, कोरोना नियन्त्र पछि यस्तै तवरले अब मान्छे कतै सहरमुखीबाट गाउँमुखी त हुनेहैन ? अन्तिम आशा र जीवन सुरक्षाको बिन्दु गाउँ कसरी बन्न सक्यो मानवजातिको निम्ति ? के महामारी नियन्त्रणपछि मान्छे आफ्नो गाउँ बनाउन लाग्ला ? अहिले यो कुरा सान्दर्भिक बहस बनेको छ। गाउँ सहर देखी आत्मनिर्भर देखिएको छ। जेनतेन आफ्नो सानोतिनो खेती किसानीले रोगको संकटमा भोगभोगै मर्नुपर्ने शोकबाट सन्तोष रहन सक्ने बिम्बले गाउँ सहरभन्दा आत्मनिर्भर रहेकोे पुष्टि गरेको छ जसका कारण मान्छे गाउँतिर आकर्षित भएका छन। यसले भविष्यमा नेपाल सरकारले गाउँको उत्थान र दिगो बिकासलाई जोड दिनुपर्छ, कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउनुपर्छ भन्ने सुझाव पनि दिएको छ। यतिबेला महामारीले बिश्व संस्कृत र परम्परालाई प्रत्येक्ष प्रभाव पारेको छ। भाइरस संक्रमणले गर्दा चाड, पर्व, उत्सवमा एक्लै हुँदा मान्छेलाई न्यार्सो लागेको छ। बिबाह, पुजा, जन्मउत्सव सबै चौपट्टै छ भने दु:खद घडी मृत्युमा पनि मान्छेको बिचमा पीडा व्यक्त गर्न र दुखिलाई सम्माल्ने कोहि नहुँदा मानवजातिलाई कोरोनाले बिश्व सामाजिक जीवन बाट एकल बनाएको छ। मान्छेले मान्छे सामु दुख र खुशी साटन नपाउँदा सामाजिकसंगै मानसिक र संवेगात्मक रूपमा ठूलो प्रभाव पारेको छ। मान्छेले मान्दै आएको धर्म संस्कार र परम्परा बन्द कोठा भित्र सीमित छ। हिजो धर्मको बादप्रतिबाद गर्नेहरू कोरोना सामुमौन छ्न। भाइरसले हिन्दुले पुजा गर्ने मठ मन्दिर, बौद्धले पूजा गर्ने गुम्बा, स्तुपा, क्रिश्चियनले पूजा गर्ने चर्च, मुस्लिमले पुजा गर्ने मस्जिद जस्ता विभिन्न धर्मले पूजाआज र प्रथाना गर्ने स्थलहरुलाई बन्द र शान्त बनाइदिएको छ। यसले गर्दा सबै धर्ममान्नेहरु बाँच्न चाहान्छ्न भन्ने आभास हुन्छ।
संस्कृतिको क्षेत्रमा मात्रै नभएर शैक्षिक क्षेत्रमा पनि कोरोना महामारीले प्रभाव पारेको छ। जसका कारण भविष्यमा ठुलो मान्छे बन्ने सपना राखेका बालबालिकाहरु तथा विद्यार्थीहरुको पठपाठन बन्द भएको छ। नेपालमा यसको ठूलो प्रभाव परेको छ। नयाँ बर्ष, नयाँ जोशका साथ नयाँ कक्षामा पढने सपना सजाएका माध्यमिक तथा आधरभूत तहका विद्यार्थीहरु अहिले निराशामय छ्न। माध्यमिक शिक्षा परिक्षा एस.इ.इ दिन एक बेलुका मात्रै कुरेर परिक्षा दिन परिक्षा स्थल आसपास पुगिसकेका विद्यार्थीहरु परिक्षा दिन नपाएर फर्किदा उनीहरु अन्यौलमा परेका छ्न। कहिले परिक्षा हुन्छ मिति सुनाईको प्रखाईमा छ्न। कक्षा ११,१२ का विद्यार्थीहरु पनि अन्यौल र त्रासमय छ्न। कलेज र विश्वबिद्यालमा पढने विद्यार्थीहरु पाठयक्रम अनुसार क्रोस पूरा नहुँदा र परिक्षा सर्दा अलमलमै परेका छ्न जसले शैक्षिक श्रेणीपास क्रममा र शैक्षिकसत्र पूर्ण अवधिमा धक्का लागेको छ। विज्ञान प्रविधिको समयमा पनि सञ्चार नेट इनटरनेट सेवा देशभरी एकैनास नहुँदा अन्लाईन कक्षा संचालन असम्भव रहेको छ। यस्तो समस्या नेपालमा मात्रै नभएर विश्वभरका देशहरूमा देशको विकास अनुसार प्रभाव परिरहेको छ। विश्वसामु देखिएका हरेक समस्या समाधानको आधार भनेकै रोग नियन्त्रण हो।
काेरोना भाइरस भन्दा पहिले इबोला, जिका भाइरस आदिले बिश्वमहामारी रुप लगेकै हुन तर किन विश्व जगत सचेत हुनसकेन? किन आधुनिकतामा दौडिरहयो ? मानव-मानवबीच बम र बारुदले युद्ध गर्न तातिरहँदा भाइरसको विरुद्धमा लडन तमतयार किन हुनसकेन?
हिजो, आज हुँदै संक्रमण बढिरहेको बेला अब सरकारले थप कस्तो रणनीति ल्याउछ भनेर जनताहरु आशामा छन। विश्वमहामारी कोरोनालाई नियन्त्रणको निम्ति विश्व संयन्त्र चाल्नुपर्छ। महामारी विरुद्ध विज्ञान क्षेत्र तल्लीन हुनुपर्छ। जतिसक्यो भयानक संकटबाट विश्वलाई जोगाउनु पर्छ।
विश्वमहामारी कोरोना विरुद्ध खोप तथा औषधि कतिबेला आउँछ र नियन्त्रण हुन्छ भनेर भन्न सकिने अवस्था नभएता पनि कोरोना महामारी नियन्त्रणमा ल्याउनुपर्छ तर कोरोना विरुद्ध खोप बनेपनी पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने छैन। यदि कोरोना महामारीबाट विश्वलाई बचाए पनि भविष्यमा मानवजातिको दैनिकी र व्यवहार परिवर्तन हुनसकेन भने यस्तो भाइरस संक्रमण यथावत रहनसक्छ। कोरोना भाइरस भन्दा पहिले इबोला, जिका भाइरस आदिले बिश्वमहामारी रुप लगेकै हुन तर किन विश्व जगत सचेत हुनसकेन ? किन आधुनिकतामा दौडिरहयो ? मानव-मानवबीच बम र बारुदले युद्ध गर्न तातिरहँदा भाइरसको विरुद्धमा लडन तमतयार किन हुनसकेन ? जस्ता आवज भाइरसले बिश्व समाजको सामु उठाए जस्तो भान हुन्छ। मान्छे अनुशासित नहुँदा एचआईभी भाइरस नियन्त्रणमा आउन नसक्के यो विश्वमा के मान्छेको जीवन शैली परिवर्तन गरेर, प्रकृतिमाथिको दमन छोडेर के कोरोना जस्ता भाइरस आगामी दिनमा नियन्त्रणमा आउन सक्छन होला ? यसको नतिजा प्रतीक्षामा नै छौँ।
कोरोना महामारीले कुन देश आफू भित्र कतिसम्म विकसित भन्ने कुराको संकेत गरेको पाइन्छ। बम र बारुदको प्रयोग गरि युद्ध जित्न सकिन्छ, शक्तिशाली भैइन्छ, हातहतियारको बिक्री वितरणले आर्थिक आम्दानी हुन्छ भन्नेहरुलाई यस कोरोना महामारीले तेर्सो विश्वयुद्धमा जसले यस्ता भाइरस उत्पादन र नियन्त्रण आफ्नो कब्जामा लिन्छ त्यसले युद्ध जित्न सक्छ, जसले भाइरस विरुद्ध खोप र औषधि बनाइ नियन्त्रणमा ल्याउँछ उ शक्तिशाली हुनसक्छ, जसले हातहतियार भन्दा औषाधीकाे व्यापार गर्छ उ आर्थिक आम्दानी उच्च गर्नसक्छ भन्ने संकेत देखापरेका छ्न। यदी तेस्राे विश्वयुद्ध भयो भने अब बम, बारुद, बिमानले मात्र नभई भाइरस, जीनले पनि युद्ध हुन सकने आकलन गर्न सकिन्छ। कोरोना महामारीले पैसा भन्दा स्वास्थय अर्थात जीवन ठूलो रहेछ भन्ने पाठ पनि सिकाएको छ। इटलिमा संक्रमणबाट बच्न सडकमा पैसा फाल्दा पनि कसैले उठाएनकाे सन्देश भाइरल भयाे । घमण्ड र अहमता कसैमा हुनुहँदैन । विश्वमा धनी रहेको अमेरिका आफ्नै घमण्ड र अहमताले आज कोरोना महामारीले सबैभन्दा बढी पीडित भएको छ। यतिबेला समाजवादी यात्रा तयार गरेका विश्वका केहि राष्ट्रहरू कम्युनिष्ट पार्टीहरू पुँजीवादी व्यवस्था भन्दा समाजवादी व्यवस्था उपयुक्त रहेको प्रमाणको खोजीमा लागेका छ्न।
मानवजातिको भविष्य कोरोनाले बन्द कोठा भित्र थुनेर राखेको छ। कोरोना महामारीको अन्धकारमा उज्यालो खोपको आशामा विश्व जगतको भविष्य कुनठित भएको छ। बालबालिका, बृदाबृद, युवायुवती, विद्यार्थी, शिक्षक, नेता कार्यकर्ता, पत्रकार , लेखक, कवि, सेना, प्रहरी , डाक्टर, पाइलट, किसान, व्यपारी, विभिन्न पेसा, उमेर, लिंग आदि समूहका विश्वका आम मान्छेहरु विगतको जस्तै स्वतन्त्रता, स्वस्थता, सुन्दरता, सामाजिकता, र मनोरञ्जनको आशा सहित आफ्नो भविष्यको चिन्तन गरिरहेका छ्न। हिजो सामाजिक जीवन, स्वस्थ्य र स्वतन्त्रतामा समाजको गन्यमान्य व्यक्ति बन्ने भविष्यको सपना बोकेकाहरु आज कोरोनाको त्रासमा कोरोनाबाट बच्ने मात्रै सपना देखेका छन। यो बालबालिका तथा मानिसमा परेको मनोबैज्ञानिक प्रभावको ठोस प्रमाण हो। अहिले व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्वनै कोरोनाबाट बच्न चाहान्छ। मानवजगतमा महामारीले पारेको सामाजिक,आर्थिक, सांस्कृतिक, मानसिक ,शारीरिक प्रभावलाई कम गर्न रोग नियन्त्रणमा ल्याउनु नै पर्छ। अहिले सम्पूर्ण राष्ट्र मिलेर महामारीको विरुद्ध शान्तमनले, त्रासविहिन भएर लडनु उपयुक्त हुन्छ। जब हामीले कोरोना महामारीलाई जित्ने छौँ तब हामी कोरोना महामारीबाट धेरै कुराको सिको गर्दै भोलि आउने दिनमा हाम्रा दैनिकी र व्यवहारलाई हरेक भाइरसलाई जित्न सक्ने कदम चाल्दै हाम्रो भविष्यलाई प्रकृतितर्फ केन्द्रित गर्ने प्रतिज्ञाको वाेध विश्वमानव जातिले ग्रहण गर्नुपर्ने हुन्छ। जसले गर्दा भविष्यमा हाम्रो माझ्मा कोरोना भाइरस जस्ता विभिन्न भाइरस र रोगहरु विश्वमहामरिको रूपमा यसरी फैलिन पाउँनेछैन्न। हाम्रो भविष्यमा महामारी संकट आउनदिने छैनौँ यदि महामारी संकट देखापरे त्यसका विरुद्ध जित्न सफल हुनेछौँ भन्ने सिकाई कोरोना महामारीले मानवजातिलाई पक्कै हुनेछ।
गुराँस गाउँपालिका- ७ लालिकाँडा दैलेख
dipendrabc075@gmail.com
Copyright © 2024 Bikash Media Pvt. Ltd.
वैद्धिक लेख ,राम्रो लाग्यो ।
समय सान्दर्भिक उतकृष्ट पठनिए लेख छ
Based on facts..loved it. best wishes brother.