सामाजिक दुरी उल्लंघन गरे भन्दै सरकार प्रमुखले दिए राजीनामा

  २०७७ वैशाख २४ गते ८:३३     विकासन्युज

काठमाडौं । सामाजिक दुरीको उल्लंघन गरेको भन्दै बेलायतका सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन स्वयंले पदबाट राजीनामा दिएका छन् ।
बेलायत सरकारका प्रमुख सल्लाहकार रहेका प्रोफेसर फर्ग्युसनले राजीनामा घोषणा गर्दै भनेका छन्, ‘मबाट गलत भएको कुरा म स्वीकार गर्दछु । त्यसैले मैले पद त्याग गरेको छु । कोरोना नियन्त्रण गर्न सामाजिक दुरी आवश्यक रहेको स्पष्ट सन्देश दिइएको छ, तर मैले त्यसलाई बेवास्ता गरें, मलाई अपसोस छ ।’

लण्डनको डेली टेलिग्राफ पत्रिकाले एक रिपोर्ट छापेको थियो जसमा भनिएको थियो – प्राध्यापक निलले एक महिलालाई आफ्नो नजिक आउन दिएका थिए जुन सामाजिक दूरी नियमको उल्लंघन थियो ।

प्रोफेसर फर्ग्युसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिसिस’को निर्देशन हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अप्रिmकामा इबोलादेखि लिएर हालको कोरोना महामारीसम्म सल्लाह दिँदै आएको छ । यही संस्थाले गत जनवरी महिनामा विश्वलाई कोरोनाको महामारी फैलिने चेतावनी सबैभन्दा पहिले दिएको थियो ।

त्यतिबेलै प्रोफेसर फर्ग्युसनको टिमको अनुसन्धान रिपोर्टमा तत्काल कुनै कदम नचालिएमा बेलायतमा कोरोनाबाट करिब पाँच लाख जनाको ज्यान जाने निष्कर्ष निकालिएको थियो । उनैको सल्लाहअनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले २३ मार्चदेखि देशभर लकडाउन घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.