२०७७ जेठ २ गते २१:४९ विवेक शर्मा
कोरोना शब्द जुन हाम्रो मन मस्तिष्कमा अहिले २४ घण्टामा कम्तीमा १६/१८ घण्टा चलिरहने विषय हो । यो शब्द मेरो, तपाईको र हाम्रो मन मस्तिष्कमा मात्र होइन, संसारको हरेक मानिसको मन मस्तिष्कमा चलिरहने शब्द हो । यो शब्दले पुरै विश्व नै हल्लिरहने भएको छ । यसको प्रकोपबाट आज सिङ्गो विश्व नै त्राहिमाम् भइसकेको अवस्था छ । चीनको वुहानबाट सुरु भएको यो भाइरस आज विश्वको करिब २०० भन्दा बढी देशहरू यसको चपेटमा आइसकेको कुरा दैनिक मिडियाहरु मार्फत हामी थाहा पाइनै राखेका छौ । जसले गर्दा हरेक दिन विश्व भरीमा लगभग लाखौँको सङ्ख्यामा यो रोग मानिसहरूमा सङ्क्रमित भइरहेको छ भने यसको प्रकोपबाट प्रत्येक दिन हजार भन्दा बढी मानिसहरूको मृत्यु भइरहेको छ । तर यसको प्रकोपबाट करिब हजारौँको सङ्ख्या भने मानिसहरू निको पनि भएर आफ्नो घर फर्किरहेको अवस्था छ । हुन त सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ भने निको हुनेको सङ्ख्या थोरै भए पनि निको भइरहेको छ । आज विश्वको ठूला ठूला राष्ट्रहरू यसको औषधी निकाल्न दिन रात लागि परेको छ । तर अहिलेसम्म भने रित्तो हात नै रहेको छ जसको कारण निराशा अझै बढ्दो अवस्थामा छ । “के यसले पृथ्वीमा मानिसकाे अन्त्य हुने त होइनन् ? के यसको भ्याक्सिन निकाल्न सकिएला त ?” यस्तो प्रश्न आज विश्वका सारा मानिसहरूको मनमा उब्जिरहेको छ ।
विश्वकै सुपर पावर भनिने राष्ट्र अमेरिका आज कोरोना भाइरस (कोभिड–१९) को केन्द्र विन्दु नै बनिसकेको छ । विश्वकै सबै भन्दा बढी प्रभावित राष्ट्र भनेको आज अमेरिका नै रहेको छ । आखिर किन ? नासा जस्तो विश्वकै प्रख्यात वैज्ञानिकहरूको समूह अमेरिका मै अवस्थित छन् तर आज अमेरिका नै यसको कहरबाट त्राहिमाम् बनिसकेको छ । इटाली, स्पेन, जर्मनी, जापान, चिन, अस्ट्रेलिया, रुस जस्तो देशहरूले पनि यसको एन्टिडोइ निकाल्न सकिरहेको छैन, आखिर किन ? “ भनिन्छ कि यो विश्वमा असम्भव भन्ने कुरा केही पनि छैन तर यो कोरोले सायद यो भनाई र विश्व भरिमा रहेका प्रसिद्ध वैज्ञानिकहरूले कमाएको नाम सबैलाई गलत साबित गर्छन् कि ?” जस्तो लाग्न थालेको छ । हुन त यस्तो महामरी इतिहासमा अरु पनि आएका छन र त्यसबाट पनि लाखौको सङ्ख्यामा मानिसहरुको ज्यान गएको हो । र तिनिहरुको एन्टिडोइ निकाल्न कम्तिमा ६ महिना लागेको कुरा विभिन्न सञ्चारको माध्यमले थाहा पाउन सकिन्छौ । त्यसले गर्दा आतिनु पर्ने कुरा त छैनन् तर सजग र सचेत हुन आवश्यक देखिन्छ ।
लकडाउन
लकडाउन, जसको अर्थ तपाई जहाँ हुनुहुन्छ त्यही बस्नु, घरबाट बाहिर ननिस्किनु हो । जहिलेदेखि यो कोरोनाको कहर चीनको वुहानबाट पुरै विश्वमा फैलिएको छ त्यो दिन देखि नै लकडाउन प्रख्यात बनिसकेको शब्द हो । इतिहासमै सिङ्गो विश्व भरिमा नै यसरी एकै चोटिमा पुरै विश्वलाई नै बन्द गरेको पहिलो पल्ट नै होला । यसले गर्दा विश्वको सानादेखि ठूला राष्ट्रहरूले पुरै देशभित्र नै लकडाउन गरेका छन् । यस्तो त अवस्था पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धको बेलामा पनि भएको थिएनन् होला ? आज यसको कारण विश्वकै शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, बौद्धिक तथा मानसिक रूपमा धेरै नै पछाडि धकेलिरहेको अवस्था छ । जुन देशमा कोरोना फैलिसकेको छ त्यो देशको शैक्षिक संस्थान अनिश्चित कालसम्मको लागि बन्द गरिसकेको छ । देशका सबै बिजनेस ट्रेट जस्तै कल कारखाना, होटेल, पसलहरू आदि सबै बन्द रहेको अवस्था छ । त्यसले गर्दा सबै देशको अर्थतन्त्रमा पनि धेरै क्षति बेहोर्नु परेको देखिन्छ । यो कोरोनाले नेपाललाई पनि अछुतो छोरेको छैन । लकडाउनको कारणले गर्दा नेपालमा पनि विभिन्न क्षेत्रमा प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा असर परेको देखिन्छ ।
शिक्षाको क्षेत्रमा
“शिक्षा भनेको देशको मेरुदण्ड हो । शिक्षाविना देशकोे विकास तथा आधुनिकता परिकल्पना पनि गर्न सकिदैनन् ।” कोरोनाको कारणले गर्दा अहिले नेपालको शिक्षाको क्षेत्रमा परेको प्रभाव सबै समक्ष छर्लङ्ग नै रहेको छ । विद्यार्थीहरुले आफ्नो १० वर्ष लगाएर लगनशीलताको साथमा गरेको मेहनतको परिणाम भनेको एसईईकाे परीक्षाफल हाे । अहिले उक्त परीक्षा नै भएकाे छैन । पढ्ने हरेक विद्यार्थीको एउटै मात्र धोको हुन्छ कि म राम्रो मार्क ल्याएर एसईई पास गर्ने छु जसको लागि मलाई जति मिहिनेत गर्न किन न परोस् । सबैको मनमा यो कुरा खेलिराखेको हुन्छ । त्यस्तै यसपालिको एसईई दिने विद्यार्थीहरूको मनमा यस्तो कुरा खेल्नु स्वाभाविक नै हो । जुन यो कोरोनाको कहरले गर्दा चैत्र ६ देखि हुने एसईई परीक्षा अनिश्चित काल सम्मको लागि स्थगित भएको छ । कक्षा १० मा पढ्ने विद्यार्थीहरू जसले यसपालि एसईई दिनेवाला थियो उनीहरूको मन उदासले भरिएको देखिन्छ । “अव के होला भन्ने प्रश्न सबैको मनमा होला ? हामी यो एसईई परीक्षा कहिले दिने, हाम्रो रिजल्ट कहिले आउला र हामी कहिले आफूले सोचेको गन्तव्य पुरा गरौला ? यस्तो विभिन्न किसिमको प्रश्न आउनु स्वाभाविक नै हो ।” शिक्षाको क्षेत्रमा यति मात्रै होइन कक्षा १ देखि कक्षा ९ सम्मको विद्यार्थीहरूले त कोरोनाको त्रास सँगै परीक्षा दिइयो तर तिनीहरू मध्ये धेरैकाे नतिजा निस्किन पाएको छैन । सबै विद्यार्थीको आकांक्षा हुन्छ कि आउँदो नयाँ सालसँगै म अर्को कक्षामा जान्छु, र तर त्यो आकांक्षा पनि यस पालि कहिले पुरा हुन्छ भने भन्न सकिँदैन । उनीहरूको मनमा पनि विभिन्न किसिमको त्रासहरू उत्पन्न भइनै राखेको होला । सबै भन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने यदि शैक्षिक सत्र ढिलो सुरु हुन्छ भने कोर्स कहिले सकिन्छ ? विद्यार्थीहरूको सिकाई कहाँसम्म पुग्छ ? पुरै साल भरि पढाई हुँदा देशको विभिन्न ठाउँको सरकारी विद्यालयहरूमा पुर्णरुपले कोर्स सकेको हुँदैन भने यसपालि कस्तो हुन्छ ?
“शिक्षा भनेको देशको मेरुदण्ड हो । शिक्षाविना देशकोे विकास तथा आधुनिकता परिकल्पना पनि गर्न सकिदैनन् ।” कोरोनाको कारणले गर्दा अहिले नेपालको शिक्षाको क्षेत्रमा परेको प्रभाव सबै समक्ष छर्लङ्ग नै रहेको छ ।
यति मात्र होइन उच्च शिक्षा सम्मको सबै परीक्षा लगायत प्राविधिक शिक्षा सम्मको परीक्षाको मिति सारेको छ । विद्यार्थीहरूले दिन र रात मिहिनेत गरी परीक्षाको लागि तयारी गरिराखेको हुन्छ तर यो कोरोनाको कहरले सबैको मनोबल नै घटाइ दिएको छ । यहाँसम्म कि लोकसेवा आयोगको परीक्षा दिनको लागि देशको विभिन्न स्थानबाट विद्यार्थीहरू काठमान्डु, हेटौडा, भरतपुर, विराटनगर, धरान, धनकुटा, वीरगन्ज आदी सहरहरूमा गएर कोचिङ गरी राखेको थियो तर यो लकडाउनको कारण रातारात सबै विद्यार्थीहरू आफ्नो घर फर्किएका कुरा दैनिक जसो रेडियो, टेलिभिजन, पत्रपत्रिकाको माध्यमले सुन्न र हेर्न पाएका छौ । लोकसेवा पास गर्नका लागि विद्यार्थीहरू सालौ साल लगाएर पढिराखेको हुन्छ तर यस्तो परिस्थिमा उनीहरूको मनमा कस्तो किसिमको तनाव उत्पन्न भएको होला ? कहिले सरकारले यसको बारेमा सोचेका छन् । जागिर न पाएर बिदेसिनु यस्तै किसिमको समस्याको परिणम हुन सक्छ होला ? यसले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । जसले गर्दा हाम्रो देशको शैक्षिक स्तरमा पनि केही न केही अवश्य पनि ह्रास आउन सकिन्छ ।
स्वास्थ्य क्षेत्रमा परेको प्रभाव
‘अस्पतालको लपारवाहीको कारणले बाराको कलैयामा एक युवाको मृत्यु’, यो समाचार न्युज २४ बाट अप्रिल ५ अर्थात् चैत्र २३ को समाचारको भिडियो रिपोर्टमा आएको थियो । यस्तो समाचार धेरै मात्रामा अहिले सुनिन थालेकाे छ । यस्तो हुनुको कारण बिरामीलाई कोरोना भएको होला भन्ने शङ्काको कारणले चेक जाँच नै नगरी कोरोना हो भन्ने अस्पतालमा भर्ना न लिँदा देशका यस्ता कयाैं मानिसहरू उपचारको विना अकालमै मृत्यु खेप्नु परिरहेको छ ? आखिर मर्नेको के गल्ती ? यदि कोरोना नै लागेको हो भन्ने पहिलो स्टेजमा उसको उपचार गर्न सकिँदैन र ? उपचार नै गर्न सक्ने नभएको भए आज विश्वमा करिब लाखौ लाख मानिसहरू कसरी निको भएर घर फर्किएको छ । यस्तो निजी अस्पतालको लपारवाहीको कारणले अप्रिल ६ अर्थात् चैत्र २४ गते नागरिक न्युजमा “निजी अस्पताल सरकारको नियन्त्रणमा रहने” भन्ने शीर्षकमा समाचार छापिएको थियो । तर त्यो मात्र कोरोना सङ्क्रमित पहिचान गर्नको लागि थियो । तर अहिले सम्म त्यो पनि पूर्णरुपमा लागु हुन सकेको छैन । अहिलेको अवस्थामा सामान्य रुघाखोकी लाग्दा पनि मनमा कोरोनाको डरले गर्दा कतिपय मानिसहरू अस्पतालमा गएर चेक गराउन पनि डराइरहेका छन् । उपचार गर्दा गर्दा ज्वरो आएको बिरामीलाई अस्पतालको डाक्टरले जब कोरोनाको शङ्का लगाउन सकिन्छ भने अरूको त कुरै नगरौं । हिजोअस्ति अर्को एउटा घटना सामाजिक सञ्जालमा चर्चामा रह्यो । “टिचिङ अस्पतालबाट डिउटी सकाएर आइरहेको स्वास्थ्य कर्मीलाई सुरक्षाकर्मीले बेसरी कुट्यो “ यसले गर्दा पनि डाक्टरहरू बाहिर निस्किन मानिनै रहेको छैन । एक त पहिला देखि नै पिपिई नभएको कारणले गर्दा स्वास्थ्यकर्मीहरुलाई गाह्रो भइनै राखेको थियो तर अहिले यसले गर्दा पनि अझ समस्या स्वास्थ्य क्षेत्रमा ल्याएका छन् । गा्रमिण भेगमा रहेको सरकारी स्वास्थ्य चौकीहरूमा एउटा मात्र पिपिई उपलब्ध गराएका छन् भने दिन र रात भोकै प्यासै देश तथा देश भित्र बस्ने जनताको सेवा र सुरक्षाको लागि खटिराख्ने सुरक्षाकर्मीहरुलाई पनि सरकारले पपिई् उपलब्ध गराउन सकेको छैन । जब आम जनतालाई सुरक्षा प्रदान गर्न यी दुवै निकाय नै सुरक्षित रहन सक्दैन भने अरू आम जनता कसरी सुरक्षित रहन सक्छ ? जबकि सरकारलाई अनिवार्य रूपमा यी दुवै निकायहरूलाई सुरक्षा कवज दिनु पर्दथ्यो तर यहाँ सरकारमा बसेका मन्त्रीहरूले आफू घरबाट ननिस्किने र अरूको ज्यानको ज्यान नै नसम्झिने प्रवृत्ति बनिसकेको छ ।
विश्वको सुपर पावर भनिने देश अमेरिका तथा स्वास्थ्यको क्षेत्रमा दोस्रो स्थान हासिल गरेको देश इटाली जब यो कोरोनाको प्रकोपलाई समान्य राख्न सकिरहेको छैन भने हामी जस्तो सानो तिनो स्रोत र साधन भएको देश कसरी जनतालाई बचाउन सकिन्छौ ? जुन कि हाम्रो देशको पुरै अस्पतालको भेन्टिलेटरको सङ्ख्या गन्यौ भने ५०० सय पनि पुग्न सकिँदैन । अनि कसरी सुरक्षा प्रदान गर्न सक्छौ ? हामी सँग थुप्रै समय भए पनि हामी स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन सकेनौ यो कस्तो किसिमको सिस्टम हो ? कोरोना उच्च स्तरीय समितिको गठन गर्दा विना विज्ञको नै समूह गठन गर्यौ जसलाई कोरोनाको क पनि आउँदैन । त्यस्तो व्यक्तिलाई कोरोना विपत् व्यवस्थापन समितिमा राख्नु यो भनेको हाम्रो देशको लागि लज्जाको विषय हो । जब कि त्यस्तो समितिमा चिकित्सा क्षेत्रको विशेषज्ञ, अर्थ विशेषज्ञ, विपत् व्यवस्थापन विशेषज्ञ जस्तो व्यक्तिहरूलाई राख्नु पर्दथ्यो तर त्यो देखिएन किन ? किन भने कोरोनाको नाममा पनि भ्रष्टाचार गर्नु थियो ! यसले हामी अकडा लगाउन सक्छौ कि हाम्रो देशको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो होला ?
अर्थतन्त्र र रोजगारी
एकै दिनमा १ लाख भन्दा बढी मानिसहरू काठमाण्डाैंबाट तथा हजारौँको सङ्ख्यामा देशका विभिन्न सहरहरूबाट जब घर फर्किरहेको कुरा सुने र पढे त्यस पछि मानिसहरूले अनुमान गर्न सकियो कि देशको अर्थतन्त्रमा ठूलो गिरावट हुनेबाल छ । आज नेपाल मात्र होइन संसारका ठूला ठूला राष्ट्रहरूले पनि आर्थिक सङ्कट बेहोर्ने विभिन्न अन्तर्राष्ट्रिय सूचनाहरूको अनुमान रहेको छ । कोरोनाले गर्दा भिजिट नेपाल २०२० लाई स्थगित गर्नु पर्यो जसका कारण नेपालले सोचेको आर्थिक लाभ लिन सकेको छैन । देशका विभिन्न कलकारखाना पनि बन्द भइसकेको अवस्था छ । जसको कारण ज्यालादारी गरेर खाने मानिसहरूलाई आफ्नो दिन टार्न गाह्रो हुन थालेको छ। वैशाख ५ गतेको थाहा खबरमा एउटा समाचार पढे ’कि काम देऊ कि माम देऊ’ भन्ने शीर्षक थियो ।यो घटना दाङ जिल्लामा रहेको इँटा उद्योगको हो । जहाँ खानको लागि इट्टा भट्टामा काम गर्ने व्यक्तिहरू खानाको लागि छटपटाइ रहेको छ । नेपालमा यस्तो एउटा मात्र होइन यस्तो समस्या धेरै छन् । वैशाख ५ गतेका दिन फेरी अर्को समाचार पढे काठमाडौं मै बसिरहे भोकले मरिन्छ, घर पुगे पक्कै बाँचिन्छ’ यो घटना सर्लाहीका राजकुमार दास हो जसले काठमाडौँमा कुकर र ग्यास चुल्हो बनाउने काम गर्थे। जोरपाटीमा बस्दै आएका दासको यो पेसा कोरोना भाइरसले खोसिदियो। सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेपछि उनले घर(घरमा गएर कुकर बनाउन पाएनन् । सहरवासीले बस्तीमा छिर्न पनि दिएनन् जसको कारण २१ दिनसम्म कोठामै बस्नु पर्यो तर, लकडाउन खुल्ने कुनै छाँट देखिएन । उसको घरमा भएका सबै रासन पानी सकिएपछि उनी आत्तिए। नआत्तिएर के गर्नु आफैँ घरमा रासन पानी आएन। भएको सबै पैसा पनि सकियो। राहत पाउन नाम पनि लेखाए तर, राहतको नाममा एक दाना चामल पनि उनको हातमा पर्न सकेन।
यस्तै नयाँ पत्रिकाको पहिलो पेजमै वैशाख ५ गते नै फेरी यस्तै घटना पढ्न पाए । “लकडाउनमा मजदुरको पीडा , राजधानीमा खान पाइँदैन, प्रशासनले घर जान दिँदैन”मानिसहरूले खाना नपाएर आ आफ्नो घर गइरहेको फोटोहरू अहिले फेसबुकमा पनि भाइरल बनेको छ । उनीहरूलाई पैदल नै हिनेर घर जाने कुनै सौक छैन । न त कुनै त्यस्तो इमरजेन्सी नै छ तर भोकै भने कति दिन सम्म काठमान्डु लगायत देशका अन्य सहरहरू बस्न सकिन्छ । त्यसैले गर्दा मानिसहरू भोक भोकै पैदल नै हिनेर घर गइरहेको छ । तर त्यसमै वैशाख ४ गते सरकारले निर्णय गर्यो कि घर बाहिर देख्नेलाई मुद्दा चलाइने छ । के सरकारले मात्र नियम बनाउने हो कि भोकले छटपटाइरहेको मानिसहरूलाई रासनको पनि व्यवस्था मिलाउने हो ? “ सरकार दैनिक ज्यालादारी गर्नेलाई रासन दिनु, उनीहरूलाई घर जाने सोख छैन । खान पाए जहाँ गए पनि बस्नु नै छ । कोरोनाको कारणले मर्नु भन्दा पहिला मानिसहरूले कहीँ भोकै न मरिहालोस् ।”
“लकडाउन पुर्णरुपमा लागु गर्न टोल टोलमा हेल्प डेस्क संचालमा ल्याउनु टोलको प्रत्येक व्यक्तिको खाने सबै सामग्री लगायत अन्य अति आवश्यक पर्ने सामग्रीको लिस्ट बनाउनु र भोलि पल्ट उसको गेट अगाडी राखी सुलभ मूल्य लिनु” लकडाउनको पालना स्व्म हुन्छ यदि त्यति गरेर पनि जनताले मानी राखेको छैन त्यस पछि मात्र करवाही गर्नु शोभनमय कार्य हुने सरकार ।
कालोबजारी र भ्रष्टाचार
लकडाउनको बेलामा कालोबजारीले सीमा नाघिसकेको अवस्था छ । जुन समान प्रति केजी पहिला २० पर्थ्यो त्यो अहिले ४० परिराखेको छ । तर वास्तवमा त्यसको मूल्य भने त्यति छैन अहिले पनि । यस्तो आपद्काे घडीमा पनि कालोबजारी गरिरहेको छ तर सरोकारवालाको ध्यान त्यहाँ जान सकेको छैन र त्यो सबैको मर्का आम साधारण नेपाली जनताहरूमा परिरहेको छ । यसको समय मै निगरानी गरी जनताहरूलाई कालोबजारीबाट बचाउने प्रयास होस ।
भ्रष्टाचार भनेको कुरा त मलाई लाग्छ कि कसैले नेपालबाट नै सिकोस् । यस्तो परिस्थितिमा विभिन्न दशले आफ्नो देशको नागरिकहरूलाई बचाउन विभिन्न किसिमको उपाय र योजना बनाइ राखेको छ । तर यहाँ भने यस्तो विषम परिस्थिमा पनि भ्रष्टाचारको नै कुरा सुनिन्छ ।
भ्रष्टाचार भनेको कुरा त मलाई लाग्छ कि कसैले नेपालबाट नै सिकोस् । यस्तो परिस्थितिमा विभिन्न दशले आफ्नो देशको नागरिकहरूलाई बचाउन विभिन्न किसिमको उपाय र योजना बनाइ राखेको छ । तर यहाँ भने यस्तो विषम परिस्थिमा पनि भ्रष्टाचारको नै कुरा सुनिन्छ । गत महिना चैत्रमा कोरोनाको रोकथाम गर्नको लागि स्वास्थ्य सामग्री किन्नमा पनि चरम भ्रष्टाचारको कुरा सबै नेपाली जनताहरूले बुझेको नै हो । म धन्यवाद दिन चाहन्छु रमेश पौडेललाइ जसले स्वास्थ्य सामग्री किन्दा अनियमितता भएको भन्दै एकलै अनलाइन मार्फत अख्तियारमा मुद्दा हाले । जसको कारण त्यही दिन त्यो टेन्डर रद्द भयो जसबाट करोडौँ रकम भ्रष्टाचार हुनबाट जोगियो । यहाँ तल देखि माथि सम्म सबै भ्रष्टाचारले नै भरिएको देश हो । स्थानीय निकायहरूले अहिले कोरोनाबाट बाच्नको लागि बाटिरहेको मास्क, सेनिटाइजर, साबुन सबैमा भ्रष्टाचार नै गरिराखेको देखिन्छ । मास्क जुन एक लेयरको कपडाबाट बनाइएका छन् जुन १ प्रतिशत पनि कोरोनाबाट जोगाउन सकिँदैन भने विज्ञहरूको भनाई छ । आखिरमा त्यस्तो किन बाढने ? के त्यसको पैसा लाग्दैन र ? कुनै पनि कुराको सीमा हुन्छ तर यहाँ भने भ्रष्टाचारको सीमा छैन । कहिले क्वारेन्टाइनको नाममा त कहिले राहत वितरणको नाममा देशको पैसा लुटिरहेको छ । पहिला भुक्पको पैसा, त्यस पछि बाढी पीडितको पैसा र अहिले कोरोनाको पैसा । विश्व बैकले त्यत्रो पैसा कोरोना कोषमा खर्च गर्न सहयोग गरे पनि अहिले सम्म सबै सुरक्षा कर्मी तथा सबै स्वास्थ्यकर्मीहरुले सुरक्षा बवज पाउन सकेको छैन ।
“विदेशबाट आएको रेमिटेन्स भित्र्याउन अहो अहो गर्ने तर यस्तो विपद्को बेलामा विदेशमा फसेको नेपाली नागरिकहरूलाई नेपाल ल्याउन भन्दा कानमा तेल राखेर बस्ने लाज लाग्दैन सरकार ।” म घरमा बसिरहेको बेला एक जना मेरो मलेसिया बस्ने साथीले फोन गर्यो । कुरा कानी हुँदै थियो र मैले सोधे कस्तो त्यहाँ लकडाउनको प्रभाव उसले मन छोटो पार्दै भन्यो के भन्नु यहाँ त बिजोग छ । मेरो अवधि समाप्त भइसकेको थियो कम्पनीले भोलिको टिकट काटी दिएको थियो अनि त्यही दिन देखि विदेशी उड्डयन सेवा बन्द भयो । मलाई त यहाँ बिजोग नै भइसकेको छ । कम्पनी भन्छन् म जिम्मा लिँदिन यहाँ यस्तो परिस्थितिमा के गर्नु के गर्नु भएको छ ? यस्तो समस्या विदेशमा बस्ने एक जना नेपालीको मात्र होइन यस्तो समस्या विदेशमा बस्ने पुरै नेपालीको नै छ । जहाँ अरू देशले आफ्नो नागरिकहरूलाई आफ्नो प्लेन पठाएर देश फर्काइरहेको छ तर नेपाल सरकारले भने कानमा तेल हालेर बसेको छ । यस्तो बेलामा जसरी भए पनि संकतमा परेको नेपालीहरूलाई नेपाल बोलाउनु पर्दथ्यो र उनीहरूलाई क्वारेन्टाइनमा बस्न लगाउनु पदैथ्यो हैन भने जुन जुन देशमा नेपालीहरू काम गर्न गएका छन् त्यहाँ नेपाल एम्बेसीको सहयोगमा उनीहरूलाई मदत गर्नु पर्छ । ताकि उनीहरूलाई पनि लागोस् कि हाम्रो मातृ भूमिलाई हामीहरूको माया छ । मात्र आम्दानीलाई न सोचौँ सरकार ज्यान बच्यो भने धेरै पैसा कमाउन सकिन्छ । पहिला विदेशमा बस्ने नेपालीहरूको ज्यान जोगाउनु ।
अन्त्यमा, विद्यार्थीहरूलाई यो विषम परिस्थितिमा अनलाइन पढाईको व्यवस्था मिलाउस सरकार जसले गर्दा विभिन्न तहको विद्यार्थीहरुले आफ्नो घरमै बस्दा पनि पढाइबाट वञ्चित नहोस् । गरिबहरूको लागि खाद्यान्न सामग्री यथा शीघ्र उपलब्ध गराइदिनुस् । देशको जुन सुकै कुनामा बसेको मानिसहरूलाई त्यही ठाउँमै राहत मिलाइ दिनुहोस् । देश भरी खटी रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चार कर्मीहरूलाई अनिवार्यरुपमा सुरक्षा कवाज उपलब्ध गराइ उनीहरूको बिमाको व्यवस्था मिलाउनुहोस् । आज विश्वका शक्तिशाली देश अमेरिका, चीन, इटाली कोरोना भाइरससँग जुधिरहेका छन तर निकास भन्ने पाइराखेको छैन यो अवस्थालाई गम्भीर रूपमा बुझेर यस्तो खालको अवस्था नेपालमा आएमा नेपाल सरकारसँग सम्बन्धित उपकरणरु न्यून रहेको हुनालेडे आफूआफूमा ,गम्भीर र समुदायहरूलाई सूक्ष्म ढंगले विचार गरी दैनिक सरसफाइ, हिँडडुल, जमघट तथा भेटघाटलाई र अन्य विभिन्न सांस्कृतिक पर्व, उत्सवहरूलाई थाति राखी यस महामारीको सामना गर्न दृढ संकल्प र इच्छाशक्ति तथा ऊर्जाशील नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूमा सादर अनुरोध छ ।
www.facebook.com/biveksharma100
Copyright © 2024 Bikash Media Pvt. Ltd.