२०७७ जेठ ११ गते ९:४३ विकासन्युज
काठमाडाैं । काठमाडौंको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका बिहान विवाद हुँदा झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको रहेकाे जनाएका छन् ।
प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ ।
महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.