२०७७ जेठ १२ गते १०:१७ विकासन्युज
काठमाडौं । भरतपुर अस्पतालमा आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।
बुटवलको लुम्बिनी सिटी अस्पतालबाट आइतबार राति रिफर भएर आएका नवलपरासी रामग्राम ५ निवासी ४८ बर्षका पुरूषको विहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
घाँटी, छाती तथा निमोनियाको समस्या देखिएका विरामीलाई अस्पताल ल्याउँदा सिरियस अवस्था रहेको र अस्पतालले सम्भव भएका प्रयास गर्दा पनि बचाउँन नसकेको जनाएको छ ।
बुटवल अस्पतालमा नै कोरोना परीक्षणका लागि स्वाब निकाले पनि नतिजा नआएकोले भरतपुर अस्पतालले कोरोना परीक्षणका लागि स्वाब निकालेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.