२०७७ जेठ १२ गते ११:४१ विकासन्युज
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चौथो व्यक्तिकाे मृत्यु भएको छ । बीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षिय वृद्धलाई कोरोना पोजेटिभ देखिएको हाे ।
मृगौलामा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका वृद्धको शंकास्पद लक्षण देखिएसँगै स्वाब परीक्षणका लागि काठमाडौं पठाएका थिए र भर्खरै स्वाबको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएकाे छ ।
कोरोना कै कारण सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका एक युवक र गुल्मीका शिक्षकले ज्यान गुमाइसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.