२०७७ जेठ १८ गते ८:२३ रमेश काफ्ले
कोरोना कोरोना भन्दै काराउँदै
सबै एक साथ एउटै धुन गाउँदै
महामारीको माहामारी बाहिरियो
सबै आज घरमा बन्दी भईयो ।
निरास मात्र किन हुनु सँधै
बस्नुस साथ परिवारका जन
गरौ दुई पल मिठा मिठा बात
यसलाई मानि सुवर्ण मौका ।
यति क्रुरता अझै पनि किन
धनि र गरिव यो जात र भात
अझै मानिस किन हुदैछ अन्धो
नियति हो वा भ्रम मात्र मनको ।
मान्छे मान्छेसँग डराउने
पूजा र प्रार्थना सबै हराउने
एक आपसमा पनि छि र दूर
डराउनै पर्ने सबै विना कसुर ।
संयमित बन्नु डराउनु पर्दैन
आफू माथि गरौं विश्वास
आफ्नो कर्मसँग सधै डराउँ
दूरी राखी मनोवलले भगाउँ ।
नागर्जुन न.पा. ४, सीतापाइला ।
(याे कविता स्वतन्त्र लेखन प्रतियाेगितामा अप्रतिस्पर्धीकाे रूपमा प्रकाशित गरिएकाे छ)
Copyright © 2024 Bikash Media Pvt. Ltd.