२०७७ जेठ १८ गते ८:५१ विकासन्युज
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएका छन् । कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव आइतबार बिहान ११ बजे दर्ता गर्ने कार्यसूचीमा रहेकाे छ ।
जेठ ९ गते जारी गरिएकाे संविधान गत बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग गरेपछि स्थगित भएको थियो ।
शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि संशोधन प्रस्ताव दर्ता हुने भएको हो । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा सरकारले जारी गरिसकेको छ ।
नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो । यस्तै आजदेखि बजेटमाथी छलफल हुने भएको छ भने विहिबार सार्वजनिक गरेको बजेटमाथि सांसदहरुले छलफल गर्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.