२०७७ जेठ २६ गते ७:३९ विकासन्युज
काठमाडौं । बृद्ध वृद्धाहरु आफ्नै नाती नातिनीलाई काखमा राख्नका लागि लालायित छन्, आफन्तहरु आफ्ना प्रियजनहरुको अन्तिम संस्कारमा उपस्थित हुन पाइरहेका छैनन् ।
वास्तवमै लकडाउनको नियमले कोरोना भाइरसलाई फैलनमा कम त गरेको छ तर यो क्रममा मानिसहरुले ठूलो संख्यामा बलिदान पनि दिएका छन् ।
लकडाउनको नियम कडाइका साथ पालना गर्नेहरु सुरक्षित रहँदै आएका छन् भने यो नियमको पालना नगर्नेहरु चाहिँ खराब परिस्थितीको सामना गरिरहेका छन् । यत्ति हुँदाहुँदै पनि कतिपय राजनेताहरुले चाहिँ आफैंले बनाएको नियम तोडेको पाइएको छ ।
यहाँ हामी चर्चा गर्दैछौं ती ४ चर्चित नेताहरुको वारेमा जसले आफैंले बनाएको नियमलाई तोड्दै गरेको पाइएको छ ।
डोनाल्ड ट्रंप, अमेरीका
कोरोना भाइरस महामारीका कारण दुनियाँभरमा भएको कूल मृत्युको ३० प्रतिशत मृत्यु अमेरीकामै मात्र भएको छ ।
गत अप्रिल पहिलो हप्ता अमेरीकाको सेंटर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिवेंशन (सीडीसी) ले यो सल्लाह दिएको थियो कि कोरोना भाइरससँग जुध्नका लागि सबै अमेरिकीले मास्क लगाउनु पर्छ । यो सल्लाहका बाबजुद राष्ट्रपति ट्रंपले मास्क लगाउन चाहेनन् ।
त्यसैगरी २१ मईमा उनले फोर्ड प्लान्टको भ्रमण गरे जसले भेन्टिलेटरको निर्माण गरिरहेको थियो । त्यहाँका कर्मचारीहरुले आफ्नो अनुहार मास्कले ढाकेका भएपनि ट्रंपले चाहिँ त्यसो गरेनन् ।
भ्लादिमीर पुटिन, रुस
रुसका राष्ट्रपति भ्लादिमीर पुटिन कडा मिहिनेतका साथ काम गर्ने नेताका रुपमा चिनिन्छन् ।
२४ मार्चमा जब कोरोना भाइरसको प्रकोप शुरु भइरहेको थियो तब उनले मस्कोको एउटा अस्पतालको भ्रमण गरेका थिए । उनले अस्पतालको भ्रमणका बखत हेजाड्र्स मेटेरियल सूट लगाएका भएपनि त्यहाँका डक्टरहरुसँग भेट गर्दा चाहिँ कुनैपनि किसिमको प्रोटेक्टिव गियर प्रयोग गरेका थिएनन् ।
त्यो एउटा जोखिमले भरिएको व्यवहार थियो, खासगरी त्यो वेला जब उनले अस्पतालका चिफ डक्टर डेनिस प्रोत्सेनकोसँग हात मिलाए । केही दिन पछि मात्र डक्टर प्रोत्सेनकोमा कोरोना पोजिटिभ देखिएको थियो ।
बिन्यामिन नेतन्याहु, इजरायल
इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहु तथा राष्ट्रपति रुवेन रिवलिन त्यो समय आलोचनाको शिकार भए जब तिनीहरुले आफ्ना ब्यस्क बच्चाहरुका साथ पासोवर चाडको भोज आयोजना गरे ।
केही दिन अघि मात्र उनले लकडाउनको घोषणा गर्दै देशवासीहरुसँग कुनैपनि किसिमको भोज आयोजना नगर्नका लागि अपिल गरेका थिए ।
यो घटनालाई लिएर इजरायलका मिडियाहरुले प्रश्न खडा गरेका थिए ।
योगी आदित्यनाथ, भारत
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चका दिन दुनियाँको सवैभन्दा ठूलो लकडाउनको घोषणा गरे जसले १ अर्ब ३५ करोडको आवादी वाला देशलाई पूर्ण रुपमा रोकिदिएको थियो । यो क्रममा पूजा तथा प्रार्थनास्थलहरु पनि बन्द गरिएको थियो ।
यत्ति हुँदाहुँदै पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउन लागू भएको पहिलो दिन नै यसको उल्लंघन गरिदिए । अयोध्याको विवादित स्थलमा मन्दिर निर्माणका लागि गरिएको धार्मिक अनुष्ठानमा उनले भाग लिँदै गरेको तस्विर बाहिरियो ।
श्रोतः बीबीसी
Copyright © 2025 Bikash Media Pvt. Ltd.