ब्राजिललाई कोरोना संक्रमण सम्बन्धि तथ्यांक सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

  २०७७ जेठ २७ गते ७:०७     विकासन्युज

काठमाडौं । ब्राजिललाई काेराेना भाइरस संक्रमण सम्बन्धि सबै तथ्यांक सार्वजनिक गर्न  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आग्रह गरेकाे छ ।

विश्वकाे दाेस्राे काेराेना संक्रमण रहेकाे ब्राजिलमा  मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भएसँगै पछिल्लाे समय ब्राजिल सरकारले संक्रमित र मृत्युदरकाे तथ्यांक सार्वजनिक गर्न छाडेको छ ।

शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको तथ्यांक हटाएर पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखेसँगै डब्ल्यूएचओले चासाेका साथ काेराेनाकाे तथ्यांक पारदर्शिता रूपमा विवरण सार्वजनिक गर्नआग्रह गरेकाे हाे ।

विश्व स्वास्थ्य संगठनका आपातकालीन प्रमुखले पत्रकारहरुसँग कुरा गर्दै भने– नागरिकहरुको सुरक्षालाई ध्यान दिँदै तथ्यांकमा पारदर्शिता अपनाउनुपर्छ र त्यसलाई सार्वजनिक गर्नुपर्छ ।

उनले भने– ‘आखिर के भइरहेको छ भनेर जान्नु जरुरी हुन्छ । भाइरस कहाँसम्म फैलिइसकेको छ भनेर पनि थाहा पाउनु आवश्यक छ । उनीहरुले यो संक्रमणलाई कसरी रोक्ने भनेर उपाय खोज्नुपर्छ ।’

वल्डाेमिटरका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ७ लाख १० हजार ८ सयभन्दा बढी संक्रमित छन् भने ३७ हजार ३ सय १२ जनाको मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.