२०७७ जेठ २७ गते ८:४५ विकासन्युज
काठमाडाैं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा गए राती ५ जनाको सामुहिक हत्या भएकाे छ । याे घटना रूपन्देही मैनहवास्थित गंगादेवी गाई फार्मकाे हाे ।
साे गाई फार्ममा स्थानिय ५ जनासँगै काम गर्ने सुर्खेतकाे एक युवकले घरेलु हतियार प्रयाेग गरि हत्या गरेकाे वडाध्यक्ष दानबहादुर चाैधरीले बताए ।
दुई जना श्रीमान श्रीमतीलाई काेठामा र अन्य ३ जना २० देखि २५ वर्ष उमेर समुहकाे युवकहरूलाई फार्ममा नै हत्या गरेकाे जानकारी दिए ।
स्थानियले समातेका ति हत्यारालाई बिहानै प्रहरीकाे जिम्मा लगाएका थिए । प्रहरीकाे नियन्त्रण पछि साेधपुछकाे क्रममा फार्ममा काम गर्दा आफूले हेपेको भनेर हत्या गरेको स्वीकार गरेकाे कुरा भर्खरै प्रहरीबाट जानकारी आएको वडाध्यक्ष चौधरीले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.