२०७७ जेठ २७ गते १२:३२ विकासन्युज
काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी खारेज गरेर नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न नहुने बताएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
‘एमसीसी पास गर्ने कुरा संसदमा रहेकाेले त्यसकाे बारेमा अहिले थप बाेल्न उचित छैन, तर हामीले दातृ संस्थाबाट आउने सहयाेगलाई अस्वीकार गर्नु हुँदैन, यसले हाम्राे अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्छ,’ उनले भने ।
सरकारले एमसिसी संसदबाट पारित नहुञ्जेल त्यस अन्तर्गतका आयोजनामा सरकारले नै खर्च गर्ने समेत उनले बताए । विद्युत पूर्वाधार र सडक पूर्वाधारका लागि अमेरिकी सहयोग एमसिसीका परियोजनाहरु छन् ।
संसदबाट अनुमोदन नहुञ्जेल सहायता परिचालन गर्ने अवस्था छैन। एमसिसी पारित नहुन्जेल सरकारले नै त्यस्ता आयोजनारुको निर्माणलाई अघि बढाउने छ। त्यो कुरा बजेटमा समेत उल्लेख गरिएको मन्त्री खतिवडाले बताए । एमसिसी पारित भएपछि मात्र उक्त परियोजनाको रकम परिचालन हुनेछ ।
प्रतिनिधि सभा बैठकका क्रममा सोधिएका प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री युवराज खतिवडा
प्रतिनिधि सभा बैठकका क्रममा सोधिएका प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री युवराज खतिवडा
Gepostet von Bikashnews.com am Dienstag, 9. Juni 2020
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Mcc pass garnu n.a. ta desh ko Bikas huncha bhane