२०७७ जेठ २८ गते ९:०५ विकासन्युज
काठमाडौं । धनुषामा गएराती एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ नवटोलि घर भएका युवकलाई गोली हानेर हत्या गरिएको अवस्थामा विहान शव फेलापरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घरबाहिर बोलाएर २५ वर्षीय छोरा अरुण कुमार मण्डललाई गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । घरदेखि करिब २ सय मिटरको दुरीमा रहेको पोखरी नजिक स्थानीयले बिहान मण्डल मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शवको हेरेपछि गोली हानेर हत्या गरिएको देखिएको छ भने आधिकारिक पुष्टि हुन बाँकी रहेको छ । हत्याको कसले गर्याे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.