राष्ट्रपति ट्रम्पले गरे कम्तीमा ४ राज्यमा चुनावी सभा गर्ने घाेषणा

  २०७७ जेठ २९ गते ६:३०     विकासन्युज

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसारका लागि ४ राज्यमा चुनावीसभा गर्ने बताएका छन् । कोभिड १९ को कारणले चुनावी नाराबाजी पछिल्ला तीन महिनाको लागि स्थगित गरिएकाे थियाे तर अब भने ट्रम्पले चुनावी प्रचारकाे शुरूवात गर्ने जानकारी दिएका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘ओक्वामा, फ्लोरिडा, एरि जोना र नर्थ क्यारोलिनामा आफ्नो जुलुस शुरू हुन्छ ।’

सम्भवतः पहिले ओकाहोमाको टास्लाबाट जुलुस  शुक्रबार शुरू हुने ट्रम्पले जानकारी दिएका छन् । यद्यपि उनले कोभिड १९ को थप संक्रमणलाई रोकथाम गर्न र जोखिम घटाउन यी घटनाहरूको क्रममा कस्तो सावधानी अपनाउने भन्ने बारेमा केही भनेका छैनन् ।

अमेरिकामा राष्ट्रपति पदको लागि यस वर्ष नोभेम्बरमा हुने चुनावमा ट्रम्प डेमोक्र्याट नेता जो बिडेनको बिरूद्ध चुनावी मैदानमा उत्रिने छन् ।  (बीबीसीकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.