२०७७ जेठ २९ गते १८:२६ विकासन्युज
काठमाडौं । रेलवे कम्पनीको महाप्रवन्धक पदमा गुरु प्रसाद भट्टराई नियुक्त भएका छन् । महोत्तरी निवासी भट्टराईलाई आगामी दुई वर्षको लागि महाप्रबन्धक पदमा नियुक्त गरिएको सूचना, सञ्चार तथा प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।
त्यस्तै, सरकारी, सार्वजनिक, गुठ्ठी जग्गा संरक्षण आयोगको म्याद ६ महिना थपिएको छ । उक्त आयोगको रिक्त पदमा स्याङ्जाली पूण्यप्रसाद भूसाललाई नियुक्त गरिएको छ ।
त्यस्तै, चलचित्र विकास बोर्डमा अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । उनलाई पनि दुई वर्षको लागि उक्त पदमा नियुक्त गरिएको सञ्चारमन्त्री खतिवडाले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.