खुसी हुँदै प्रचण्डले भनेः राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्यायो (भिडियाेसहित)

  २०७७ जेठ ३१ गते १४:००     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन् ।

नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले गणतन्त्रमा हामीले राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुगेकाे बताए ।

उनले सबैकाे विवेकले यो ऐतिहासिक जित भएको बताए । उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे । उनले सबै खाले वैदेशिक हस्तक्षेपबाट उन्मुक्त नेपाल निर्माण पनि गणतन्त्रको एउटा ऐतिहासिक मुद्दा भूमि फिर्ता पनि भएको प्रचण्डको भनाई छ ।

कुनै पनि दलले जस वा अपजसभन्दा लामो समयदेखिको प्रयत्नको केन्द्रीकृत अभिव्यक्तिका रुपमा घटनाक्रमलाई लिनुपर्ने प्रचण्डको भनाई छ। केन्द्रीकृत प्रयासबाट गुमेको भूभाग फिर्ता लिने नयाँ चरण प्रवेश भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.