२०७७ जेठ ३१ गते १४:२६ विकासन्युज
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा संसदकाे राेष्टममा बाेल्दा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले टेवल ठाेकेकाे सायद विरलै हाेला । तर, आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओेलीले दिल खाेलेर देउवाकाे कुरा सुन्दै टेवल ठाेके ।
संसदमा सभापति देउवाले नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने गर्नका लागि कसैले पनि याे पार्टी त्याे पार्टी नभई सबैले एकताकाे भाव दखाउनु पर्ने कुरा राखेपछि ओलीले टेवल ठाेकेका हुन् ।
देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन हुने बताए। नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको उनकाे भनाई छ ।
‘सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको भूभाग नेपालको भनेको प्रस्ट छ, अंग्रेजले छापेको नक्सामा पनि यो प्रस्ट छ, चीनको नक्सामा पनि कुटियांदी भनिएको छ जसको अर्थ कालीनदी नै भन्ने हुन्छ, त्यसकारण यो नेपालको भूभाग हो भन्ने स्पष्ट छ,’ उनले भने ।
आजै भोट गर्नुभन्दा अगाडि बसेको संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय भएको छ। संशोधनका पक्षमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितकाे पक्षमा छ भन्ने देखिएको छ।
त्यसकाे समर्थन गर्दै ओलीले टेवल ठाेकेका थिए । कालापानी, लिपुलेक समेटेर बनाएको नयाँ नक्सा निशान छापमा समेट्नका लागि नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिवार संसदबाट पारित हुँदैछ ।
Gepostet von Bikashnews.com am Samstag, 13. Juni 2020
Copyright © 2024 Bikash Media Pvt. Ltd.