२०७७ जेठ ३१ गते १८:५३ विकासन्युज
काठमाडाैं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले पछिल्लाे समयमा धेरैले आफ्नाे गाली गलाैज गरेर दुर्व्यवहार गरेकाे गुनासाे गरेकी छन् । शनिबार संसद बैठकमा सभामुखले बोल्न अनुमति नदिएपछि बाहिरिएकी उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै साे कुरा बताएकी हुन् ।
आफूले संविधान संशोधनका क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने या जंगको मैदानमा उत्रनुपर्ने दुई विकल्प मात्रै रहेको उनकाे गुनासेा छ । आफू महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको बताउँदै उनले आफ्नाे कुरा कसैले नसुनेकाे पनि बताइन् ।
‘यो राष्ट्रियताका नाउँमा एकजना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ यदि यसलाई तपाईँहरुले चेक गर्नुभएन भने अनि नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो, बंगलादेशको निर्माण महिलाहरुले गरेका हुन्, किनभने त्यहाँ पाकिस्तानी सेनाहरुले बलात्कार गरिरहेका थिए,’ उनले भनिन् ।
उनले आफूले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताइन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.